अभिनेत्री माधुरी दिक्षित अब राजनीतिमा
एजेन्सी। हिन्दी फिल्म ‘बेटा’ मा ‘धक धक करने लगा’ बोलको गीतबाट चर्चित भएकी बलिउड अभिनेत्री माधुरी दीक्षित अब मतदातलाई ‘धक धक’ बनाउने यात्रामा अगाडी बढेकी छन् ।
भारतीय सञ्चारमाध्यमले आगामी वर्ष हुने आम निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीले उलाई पूर्णेबाट टिकट दिन सक्ने बताएका छन् । यही वर्ष जूनमा भाजपा अध्यक्ष अमित शाहले माधुरीसँग ‘सम्पर्क फर समर्थन’ अभियानअनुसार भेटवार्ता गरेपछि माधुरी भाजपामा प्रवेश गर्ने अनुमान गरिएको थियो ।
भाजपाका एक वरिष्ठ नेताले माधुरीलाई लोकसभा चुनावमा उम्मेदवार बनाउने विषयमा गम्भीर भएर सोचिरहेको बताएका छन् । उनले माधुरीका लागि पूर्णे सिट सबैभन्दा उचित हुनेसमेत बताएका छन् । उनले पार्टी भित्र आगामी चुनावका उम्मेदवारहरुबारे छलफल चलिरहेकोसमेत उनले बताए ।
२०१४ को चुनावमा पूर्णे सिट भाजपाले जितेको थियो । त्यतिबेला भाजपाका अनिल शिरोले काँग्रेस उम्मेदवार विश्वजीत कदमलाई ३ लाखभन्दा धेरै मतान्तरले पराजित गरेका थिए ।
![]()
ती नेताले प्रधानमन्त्री नरेन्द्र मोदी चुनावमा नयाँ अनुहारलाई टिकट दिने विषयमा गम्भीर रहेको बताए । यस्तै रणनीतिअनुसार मोदी पहिलो पटक गुजरातमा मुख्यमन्त्री बनेको भन्दै उनले त्यस बेला स्थानीय चुनावमा मोदीले सबै नयाँ अनुहारलाई उम्मेदवार बनाएकोसमेत बताए । नयाँ अनुहारलाई चुनावी मैदानमा उतार्नु पार्टीका लागि फाइदाजनक भएकोसमेत उनले बताए ।
बलिउड हस्तीहरु विभिन्न समयमा राजनीतिमा हामफाल्ने गरेका छन् । अब यो सूचीमा माधुरीको नाम पनि थपिने सम्भावना बढेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment