यसकारण जित्न सक्छ नेपालले मिस वर्ल्डको ताज, यस्तो छ पूर्व मिस नेपालको विश्वास (भिडियो)

डिसी नेपाल
२२ मंसिर २०७५ ४:४२

काठमाडौं । मिस वर्ल्डको ताजका लागि श्रृङ्खला खतिवडा  आज अन्तिम प्रतिस्पर्धा गर्दैछिन्। नेपाली समय अनुसार वेलुका पौने ५ बजे सुरू हुने उक्त फाइनल नेपालमा जुम टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ। आज हरेक नेपालीको आसाको केन्द्रविन्दु बनेकी मिस नेपाल श्रृङ्खलाको नतिजा कस्तो आउने हो भने उत्सुकता नेपाली तथा श्रृङ्खलाको फलोवर्सलाइ सर्वाधिक रहेको छ ।

के श्रृङ्खलाले मिस वर्ल्डको ताज पहिरिन सक्लिन्? यो प्रश्नको उत्तर अबका केही घण्टामा निर्धारण हुनेछ। यही प्रश्न पूर्व मिस नेपाल जो चीनमा अहिले श्रृङ्खलाले प्रतिस्पर्धा गरेकै ठाउँमा मिस वर्ल्डका लागि प्रतिस्पर्धा गरेकी पूर्व मिस नेपाल प्रिति सिटौलाले सम्भावाना बलियो रहेको विस्वास गरीकी छिन। आफ्नो समयलाई सम्झिदै सिटौलाले भनिन हाम्रो बेला भन्दा यो समयमा धेरै आसलाग्दो रहेको बताईंन ।

पछिल्ला दिन श्रृङ्खलाले निकै मेहनतपूर्वक फाइनलको तयारी गरिरहेकी छन्। दैनिक सामाजिक सञ्जालमा गतिबिधि पोष्ट गरिरहने श्रृङ्ला ‘अन्तम युद्ध’को तयारीमा ध्यान केन्द्रित गरेकी छन्। श्रृङ्खलालाई हौसला दिन उनका मातापिता सहित प्रियजन चीन पुगेका छन्।

प्रति र श्रृङ्खलाबीच भएका कुराकानीले उनको जित्ने संभावना र कन्फिडेन्स् कति छ, त्यो बु्झ्न सकिन्छ। श्रृङ्खलाका हरेक गतिबिधि नजिकबाट नियालेकी प्रितिले मिस वर्ल्डको पहिलो ताज पहिरिने नेपाली श्रृङ्खला हुन सक्ने बताएकी छिन । सुचना प्रविधीको विकासको कारण पनि पैलेको भन्दा मिस वर्ल्ड जित्ने बलियो सम्भावना रहेको बताईंन ।

पुरा भिडियो हेर्नुहोस्…


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *