चलचित्र ‘गोपी’को पोस्टर सार्वजनिक
काठमाडौँ। विपिन कार्की अभिनीत चलचित्र ‘गोपी’को चार पोस्टर सार्वजनिक गरिएको छ। बुधवार सार्वजनिक गरिएका चारै पोस्टरमा नायक विपिन कार्की देखिएका छन् भने एक पोस्टरमा विपिनसँगै चलचित्रका दुई अभिनेत्री सुरक्षा पन्त र वर्षा राउत देखिएका छन्।
दीपेन्द्र लामाद्वारा निर्देशित ुगोपीमाु विपिनले किसानको भूमिका निर्वाह गरेका छन्। सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीले छायाङ्कन र निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।
चलचित्रमा प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाललगायतको पनि अभिनय छ । आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित ुगोपीु माघ १८ गते प्रदर्शनमा आउँदैछ ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment