केदारनाथ रुचाएपछि साराले नेपालीलाई दिइन् धन्यवाद, नेपालीमै सोधिन् ‘कस्तो हुनुहुन्छ ?’

डिसी नेपाल
२८ मंसिर २०७५ ४:०९

काठमाडौं। बलिउड नायिका सारा अलि खानले आफ्नो चलचित्र केदारनाथलाई मनपराइदिएको भन्दै नेपाली दर्शकलाई धन्यवाद दिएकी छिन्। उनको यो डेब्यू चलचित्र हो।

साराले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो मार्फत नेपाली दर्शकलाई धन्यवाद दिएकी हुन्। भिडियोमा उनले सुरुमै नमस्कार गर्दै नेपालीमा कस्तो हुनुन्छ नेपाल भनी सम्बोधन गरेकी छन्।

साथै उनले चलचित्र केदारनाथलाई नेपाली दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया एंव माया र सद्भावप्रति आफू निकै आभारी रहेको व्यक्ति गरेकी छन्।

साराको यो डेब्यू चलचित्र गत शुक्रबारबाट नेपालमा प्रदर्शनमा आएको हो। उनी चलचित्र बलिउड अभिनेता सैफअलि खान तथा अमृता सिहंकी छोरी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *