हनिमुन मनाउन पाएनन् दीपिका–रणवीरले

डिसी नेपाल
१ पुष २०७५ १०:३८

मुम्बई, एक महिना अघि विवाह गरेका बलिउडको हट जोडी रणवीर सिंह र दीपिका पादुकोणले हनिमुन मनाउन पाएका छैनन् । उनीहरु कामको कामका कारण हनिमुनका लागि समय मिलाउन नपाएको जनाएका छन् । पछिल्लो समय यि दुई विवाहको विषयलाई लिएर मिडियामा धेरै चर्चा भएको छ । उनीहरूले इटालीमा विवाह गरेपछि भारतमा रिसेप्सन आयोजना गरेका थिए। दीपिकाले विवाहको एक महिना पूरा भएपछि हनिमुनबारे बोलेकी छन्।

दीपिकाले भनिन्, ‘तत्काल हनिमुनको कुनै योजना छैन। हामी अहिले फिल्म रिलिजतिर नै आफ्नो ध्यान केन्द्रित गरिरहेका छौं।’ फिल्म सिम्बाको ट्रेलरबारे जानकारी दिँदै दीपिकाले भनिन्, ‘यो फिल्म ब्लकबस्टर साबित हुन्छ। म अहिले रणवीरको यही फिल्ममाथि केन्द्रित छु। यसको रिलिजपछि हनिमुन र जन्मदिनबारे सोचौंला।’

दीपिका–रणवीरको विवाहपछिको सेलिब्रेसन डिसेम्बरसम्म चल्यो तर टाइट वर्क सेड्युलका कारण उनीहरू हनिमुन जान सकेका छैनन्। फिल्म सिम्बाको निर्देशन रोहित सेट्टीले गरेका छन्। फिल्म २८ डिसेम्बरमा रिलिज हुँदैछ। एजेन्सी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *