मिस युनिभर्स २०१८को ताज फिलिपिन्सकी क्याट्रिओना ग्रेलाई, हेर्नुहोस् तस्विर
काठमाडौं। मिस युनिभर्स २०१८ को ताज फिलिपिन्सकी क्याट्रिओना ग्रेले चुम्न सफल भएकी छिन्। थाइल्याण्डकको बैंककमा सोमबार भएको प्रतियोगितामा उनले फाइनल राउण्डमा भेनेजुएला र साउथ अफ्रिकाका सुन्दरीहरुलाई पछि पार्दै ताज चुमेकी हुन्।
प्रतियोगितामा फस्ट रनरअपको उपाधि दक्षिण अफ्रिका र सेकेण्ड अनरअपको उपाधि भने भेनेजुएलाका सुन्दरीहरुले पाए। प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी मनिता देवकोटा पनि टप १० सम्म पर्न सफल भइन्।
नेपालसहित साउथ अफ्रिका, फिलिपिन्स, भिएतनाम, भेनेजुएला, कोष्टा रिका, कुराकाओ, नेपाल, क्यानडा, थाइल्याण्ड र पुर्तो रिको टप १० का लागि छानिएका थिए।
तर यी प्रतिस्पर्धीमध्ये टप ५ मा पुर्तो रिका, फिलिपिन्स, भिएतनाम, साउथ अफ्रिका र भेनेजुएलाका सुन्दरीहरु पर्न सफल भए। जहाँ नेपालकी सुन्दरी मनिता भने पर्न सफल भइनन्।
हेर्नुहोस ५ तस्बिर





No ads found for this position


डिसी नेपाल
Facebook Comment