भूवन केसीकै निर्देशनमा बन्ने घरकै फिल्म गर्दै अनमोल, सुहानासँगको जोडी अब कहिले ?

डिसी नेपाल
२ जेठ २०७६ ५:१४

काठमाडौँ । के आखिर सबै कुरा छोडेर घरकै फिल्म खेल्दैछन् नायक अनमोल के. सी? आज यसै विषयमा केन्द्रित रहि विशेष कुराकानी गर्नेछौँ ।

चलचित्र ड्रिम्स जुन नायक अनमोल केसीको होम प्रोडक्सनमा निर्माण भएको थियो त्यस्तै चलचित्र क्याप्टेन पनि नायक अनमोल केसीकै होम प्रोडक्सनबाट निर्माण भएको थियो ।

र, यतिबेला नायक अनमोल केसीको होम प्रोडक्सन सुपर काजोल फिल्म्सको ब्यानरमा नयाँ सिनेमा बनाउने तयारी गर्न थालिएको छ । र, सिनेमाको यतिबेला धमाधम कथा लेख्ने काम भइरहेको छ । यो जानकारी हामीलाई निर्माता तथा नायक भुवन केसीले गराएका हुन् ।

जानकारी अनुसार यो नयाँ सिनेमालाई भुवन केसी आफैले निर्देशन गर्ने तयारी थालेका छन् । भुवन केसी जसले ड्रिम्स जस्तो सफल सिनेमाको निर्देशन गरेका थिए र तिनै भुवन केसी नयाँ सिनेमालाई पनि आफैले निर्देशन गर्ने तयारी थालिरहेका छन् ।

यसको साथै जानकारी अनुसार नायक अनमोल केसीले सम्भवतः अब आफ्नै होम प्रोडक्सनकै सिनेमा गर्छन् भन्ने बुझिएको छ किनकी नायक भुवन केसी आन्तरिक रुपमा यो सिनेमाको आन्तरिक रुपमा तयारी गरिरहेका छन् ।

थप तथा विस्तृत जानकारीको लागि यो भिडियो रिपोर्ट हेर्नुहोस्  …




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *