नगरकोटमा रवि लामिछाने र निकिताको बिहे हुँदै, निकिताको हातमा रविको नामको मेहेन्दी

डिसी नेपाल
३ जेठ २०७६ ३:१५

काठमाडौं। आज यस भिडियोमा हामी तपाईँलाई एक्स्क्लुसिभ रुपमा चर्चित संचारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी पुर्व अभ्यक्ष निकिता पौडेलबीच शुक्रबार औपचारिक रुपमा विवाह हुने बारेमा जानकारी दिँदैछौँ ।

चर्चित संचारकर्मी रवि लामिछाने र निकिता पौडेलबीच शुक्रबार औपचारिक रुपमा विवाह हुँदैछ। रविले अदालती विवाह गरेको चार महिनापछि नगरकोटमा परम्परागत विवाह गर्न लागेका हुन्। गत माघ सात गते रवि र निकिताले अदालती विवाह गरेका थिए। उनको अदालती विहेको बारेमा उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका थिए ।

अदालतमा कोर्ट म्यारिज गरेपछि रविले आफ्नो फेसबुक पेजमा ‘जीवनले नयाँ मोड लिएको, एक अर्काका परिवार, आफन्त र नागोताको छलफल र अनुमतिमा विवाह गरेको’ उल्लेख गरेका थिए। उनले लेखेका थिए, ‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुवैप्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजवीन चल्यो त्यसले हामीलाई एक अर्काको खाँचो पर्यो।’

विस्तृत जानकारीको लागि यो भिडियो रिपोर्ट हेर्नुहोस्…




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *