स्वस्तिमा खड्काको गालामा सुजन मार्पा तामाङकोे चुम्बन (भिडियो)

डिसी नेपाल
५ जेठ २०७६ ५:२०

काठमाडौँ । चर्चित गायक शिव परियारको नयाँ गीत “एक चुम्बन” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। डान्सिङ फ्लेवरको यस गीतलाई जेठ ३ गते शुक्रबार गायक शिव परियारको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक यस गीत “एक चुम्बन” लाई गायक शिव परियारले नै संगीत दिएका हुन् भने श्वेता मैनालीको शब्द रहेको छ । गीतमा बिजेस्वर राज तन्डुकारको संगीत संयोजन रहेको छ ।

गीतको म्युजिक भिडियोमा चर्चित नायिका स्वस्तिमा खड्का र डान्सर सुजन मार्पा तामाङको अभिनय रहेको छ । इन्डियन रियालिटी सो डान्स प्लसमा आफ्नो साथै अन्य डान्सिङ रियालिटि शोहरुमा आफ्नो अमुक डान्स कला प्रदर्शन गरेर भारतीय र नेपाली दर्शकहरू माझ अत्यन्त चर्चामा रहेका डान्स प्लसका  उप-बिजेता हुन् सुजन मार्पा तामाङ।

सुजनले नै कोरियोग्राफी तथा निर्देशन गरेको यस गीतको म्युजिक भिडियोलाई   ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाङ्कन गरेका हुन् । नेपाली म्युजिक भिडियोको  दुनियाँमा फुल क्रोमा सुटिंग गरिएको यस भिडियोलाई विकास ज्ञवालीले  थ्रीडी एनिमेसन सहित ग्राफिक्स गरेका हुन् ।

भिडियो :




प्रतिक्रिया

One thought on “स्वस्तिमा खड्काको गालामा सुजन मार्पा तामाङकोे चुम्बन (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *