बीर बिक्रम २ : पल हल पुग्दा भयो लफडा, बर्षा भन्छिन् ऑचल मेरो मिल्ने साथी

डिसी नेपाल
५ जेठ २०७६ ५:२१

काठमाडौँ । यतिबेला मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र बीर बिक्रम २ ले आक्रमक ब्यापार गरिरहेको छ ।

शुक्रबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र आजसम्म पनि सिनेमाहलहरुमा हाउसफुल भैरहेको छ । यतिबेला ‘बीर बिक्रम २’ टिम हल हलमा पुगेर दर्शकहरुको प्रतिक्रिया बुझीरहेका छन् । त्यस्तै हिजो पनि टिम हलमा पुगेका थिए ।

जेष्ठ ३, शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र “बिर बिक्रम २” यतिबेला भब्यताकासाथ प्रदर्शन भैरहेको छ । दर्शक श्रोताहरुको मन जित्दै चलचित्र यतिबेला विभिन्न सिनेमाघरहरुमा हाउसफुल भै प्रदर्शन भैरहेको छ ।

जताततै हाउसफुल र प्रसंसा बटुलिरहेको यस चलचित्रले सामाजिक पिडा र प्रेमकथालाइ प्रस्तुत गरेको छ भने चलचित्रको अर्को पाटो भने मित्रता र बिस्वास अनि साहसलाइ देखाईएको छ ।

यस चलचित्रमा निर्देशक मिलन चाम्सको निर्देशन तथा निर्माण रहेको छ । चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, बनिष शाहको सम्पादन रहेको छ ।

चलचित्रमा पल शाह ,वर्षा सिवाकोटी , नाजीर हुसेन, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ भने बुद्धि तामाङ पहिलो पटक यस चलचित्रमा भिलेनको रुपमा देखिएका छन् ।

हर्नेुस् यस भिडियोमा बीर ब्रिकम २ टिम हलमा पुग्दा दर्शकको प्रतिक्रिया साथै पल, नाजिर र वर्षाको क्रेज…




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *