सारेगमपामा नेपालका आयुष र प्रितमलाई ठूलो सफलता, छानिए टप ९ मा (भिडियोरिपोर्ट)

डिसी नेपाल
५ जेठ २०७६ ७:३९

नेपालका बालकद्वय प्रितम आचार्य र आयूष केसीले चर्चित भारतीय गायन रियालिटी शो सारेगमपामा आफ्नो जादूमय क्षमता प्रदर्शन गरिरहेका छन् । उनीहरु ‘जीटिभी’ बाट प्रशारण हुने गायन रियालिटि शो ‘सारेगमप’ को टप ९ मा पुगेका छन्।

गएको फ्रेब्रुअरी ९ बाट सुरु भएको सो प्रतिस्पर्धामा विभिन्न चरणहरु पार गर्दै उनीहरु अहिले टप ९ सम्म पुग्न सफल भएका हुन् । १६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु यो कार्यक्रममा सहभागी छन्। यो वर्ष प्रितम आचार्य र आयुष केसी सहित नेपालबाट ८ जना सहभागी भएका थिए। १२ वर्षका आयुष र ११ वर्षका प्रितममात्र कार्यक्रममा सहभागी हुन पाएका थिए।

पछिल्लो समय भारतीय विभिन्न रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र सहभागीताहरु निकै बढिरहेको छ । कतिपय नेपालीहरुले त शोको उपाधी नै उचालेका छन् भने कतिले शोमा देखाएको आफनो प्रतिभाको कारण नै बलिउडमा सक्रियरुपमा काम गरिरहेका छन् ।

यतिबेला पनि भारतीय रियालिटी शोमा नेपालका २ बालकहरुले तहल्का मच्चाईरहेका छन् । जि टिभीबाट प्रसारण हुँदै आएको भारतकै चर्चित सिंगिङ रियालिटी शो “सारेगमप लिटिल च्याम्स” मा इटहरीका ११ बर्षीय प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसीले तहल्का मच्चाईरहेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *