नेपाल आइडलकी अस्मिता अधिकारीको पहिलो कोशेली ‘बारुली कम्मर’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
६ जेठ २०७६ ३:५८

काठमाडौँ । नेपाल आइडल २ कि टप ४ प्रतिस्पर्धी अस्मिता अधिकारीको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको म्युजिक भिडियोमा पूजा गिरीलाई फिर्चड गरिएको छ ।

अस्मिताको पहिलो कोशेली स्वरुप ‘बारुली कम्मर’ बोलको गीतमा शब्द, संगीत कमल खत्रीको रहेको छ भने गीतमा अस्मिता र कमल खत्रीकै स्वर सुन्न सकिन्छ । गीतको एरेन्ज किरण तुलाधरले गरेका हुन् ।

बिदुर पाण्डे र रामशरण उप्रेलीले खिचेको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् । दिपेन्द्र केसीले म्युजिक भिडियोको निर्देशन गरेका हुन् ।

हेर्नुस् भिडियो :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *