ऐश्वर्या राय यस्तो अवतारमा पुगेकी थिइन् कान्सको रेड कार्पेटमा (भिडियोसहित)

डिसी नेपाल
७ जेठ २०७६ २:२८

काठमाडौं। बलिउड अभिनेत्री तथा मिस वल्र्ड १९९४ ऐश्वर्या राय बच्चनले कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा फेरि एक पटक धमाका मच्चाएकी छिन् । हरेक वर्ष नयाँ र फरक पहिरनमा देखिने ऐश्वर्याले यस पटक ‘मत्स्यकन्या’को रुप धारण गरेर रेड कार्पेटमा पुगेकी थिइन् । उनको साथमा उनकी छोरी आराध्या पनि थिइन् ।

फ्रान्समा चलिरहेको कान्स फिल्म फेस्टिभल २०१९ मा उनी गोल्डेन थिममा ‘मत्स्यकन्या’को शानदार लुकमा देखिइन् जसले उपस्थित सम्पूर्णलाई आकर्षित गरेकी थिइन्।

कान्समा ऐश्वर्याको यो १८ औँ इन्ट्री हो भने उनले सन् २००२ मा पहिलोपटक कान्समा डेब्यु गरेकी थिइन् । त्यसपश्चात हरेक वर्ष उनी फरक अवतारमा कान्समा पुग्ने गरेकी छिन् । यसपटक उनी गोल्डेन ग्रीन मर्मेड ड्रेसमा पुगेकी थिइन् ।

फोटो भिडियोमा हेर्नुहोस् उनी कान्समा जादाँको भिडियो र उनको यो मर्मेड लुक्स…


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *