रबि लामिछानेको बिहे पार्टीमा रमेश प्रसाईको रोचक भाषण (भिडियोसहित)

डिसी नेपाल
७ जेठ २०७६ ५:३४

काठमाडौँ । चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेलबीच परम्परागतरुपमा लगनगाँठो सकेका छन् । शुक्रवार दिउँसो नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा रविले निकिताको हिन्दु पराम्परा अनुसार विवाह गरेका हुन् ।

यी दुईले गएका माघमा अदालती विवाह गरेका पथए भने अदालती विवाहको ४ महिनापछि अिन्दु परम्परा अनुसार आफ्नो नजिकको मित्र र परिवारबिच विवाह गरेका हुन् । बिवाहपछि उनीहरु निकै हर्षित मुद्रामा देखिन्थे ।

कानुनीरुपमा बिवाह गरेलगत्तै निकिताले बोर्डको अध्यक्ष पदबाट राजिनामा दिएकी थिईन् । पहिलो पत्नि इसासंग डिभोर्स भएलगत्तै रविले निकितासंग बिवाह गर्दा केहीले आलोचना पनि गरेका थिए । सामाजिक सञ्जाल पनि निकै तातेका थिए । तर पछि रविले बिवाहको निर्णय यति छिटो गर्ने योजना नभएको तर आफुहरुको बारेमा मानसिक यातना हुने गरि आएका समाचार र खोजविनले एकअर्काको खाँचो भएपछि बिवाह गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।

आज यस भिडियोहरुमा हामी रवि लामिछाने र निकिता पौडेलको विवाह पार्टीको भिडियो देखाउँदैछौँ जसमा तपाईँहरुले रमेश प्रसाईले निकै दमदार भाषण दिएका छन् साथै नवविवाहित रवि र निकितालाई शुधकामना पनि । रमेश प्रसाई एपी वानबाट प्रसारित पब्लिक स्पीकरका विजेता समेत हुन् ।

हेर्नुस् भिडियोमा रमेश प्रसाँईको दमदार भाषण …




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *