कान्समा पुगेकी प्रियंका कार्कीले प्रियंका चोपडाको स्टाइल कपी गरेको भन्दै ट्रोल (भिडियो रिपोर्ट)

डिसी नेपाल
९ जेठ २०७६ ७:०२

काठमाडौँ । कान्स फेस्टिभलमा सहभागी हुन फ्रान्सको पेरिस पुगेकी नेपाली सिनेमाकी चर्चित नायिका प्रियंका कार्कीको पहिरन र स्टाइलमा बलिउड नायिका प्रियंका चोपडाको जस्तै भनेर किन भइरहेको छ ट्रोल ? आज यस भिडियोमा हामी यसै विषयमा केन्द्रित रहेर विशेष कुराकानी गर्नेछौँ । साथै फ्रान्सको कान्स फेस्टिभलमा पुगेर नायिका कार्कीले के के गर्दैछन् यस विषयमा पनि कुरा गर्नेछौँ ।

नेपाली अभिनेत्री प्रियंका कार्की अहिले पेरिसमा जारी कान्स फेस्टिभलमा सहभागी हुन पुगेकी छिन् जो विशेषगरी पछिल्लो समयमा सिनेमामा काम भन्दापनि उनको आफ्नै विभिन्न खालका कुराहरूले पनि बढी चर्चामा छिन् । तर नायिका कार्कीको एउटा विशेषता भने उनी हरेक पटक केही नयाँ गर्न खोज्छिन् र गरिरहेकी पनि छन् ।

उनै नायिका प्रियंका कार्की यतिबेला फ्रान्सको कान्समा छिन् भने उनले त्यहाँ पुगेर पोष्ट गरिरहेको तस्विर, पोज र पहिरनलाई लिएर उनी हाल ट्रोलको सिकार बन्न पुगेकी छिन् । उनले पेरिस पुगेर सेयर गरेका केही तस्बिरहरूमा बलिउड तथा हलिउड चर्चित नायिका प्रियंका कार्कीको स्टाइल, पहिरन दुरुस्तै कपी गरेको आरोप लागेको छ ।

थप तथा विस्तृत जानकारीको लागि हिट नेपालले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुहोस् …




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *