मेरी बास्सै : सुन टल्काउने भन्दै आएका अपरिचित व्यक्तिले यसरी सुइँक्याए गाउँलेको सुन

डिसी नेपाल
९ जेठ २०७६ ७:११

काठमाडौँ । नेपाल टेलिभिजनबाट पुनः प्रसारणमा आइरहेको चर्चित टेलिश्रृङ्खला मेरी बास्सै पुनः प्रसारणमा आएदेखि नै यसको चर्चा चौतर्फी चल्न थालेको छ ।

नेपाल टेलिभिजनबाट प्रसारणमा आएका धेरैजसो हाँस्य श्रृङ्खलाहरु बन्द भएको समयमा पनि प्रसारणमा आइरहेको मेरी बास्सैले भने अहिले हाँस्य ब्यङ्ग्यसँगै सामाजिक विषयवस्तुहरूमा पनि आफ्ना सामाग्रीहरू तयार पारिरहेको छ ।

प्रत्येक मंगलबार राति ८ः५० मा प्रशारण हुँदै आएका टेलिश्रृङ्खला मिडिया हबले उत्पादन गर्दै आएको छ भने युट्युबमा पनि यसलाई अत्याधिक रुचाइएको छ ।

राजु पौडेल ९राजु मास्टर० र मरिचमान श्रेष्ठ ९बल्छि धुर्वे०ले निर्देशन गर्दै आएको मेरी बास्सै उनीहरुले छोडे पश्चात मनराजा नकर्मीले निर्देशन गर्दै आइरहेका छन् ।

हाल “मेरी बास्सै”को भाग – ६०३ आइपुगेको छ, जुन एपिसोड केही दिन अघि मात्रै युट्युबमा सार्वजनिक गरिएको छ । यस एपिसोडमा एक अपरिचित व्यक्तिको गाउँमा प्रवेश भएको छ जसले सुन टल्काइदिन्छु भन्दै गाउँलेको घर घर पुगेका छन् । हेर्नुहोस् को हुन् ती व्यक्ति र के साँच्चै सुन टल्काइदिए त गाउँलेको ?

हेर्नुहोस् “मेरी बास्सै”को भाग – ६०३ मा…




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *