नेपालका प्रितमको पावरप्याक पर्फमेन्स देखेर यस्तो भने सलमान खानले… (भिडियोसहित)

डिसी नेपाल
१० जेठ २०७६ ७:४५

नेपालका बालकद्वय प्रितम आचार्य र आयूष केसीले हाल चर्चित भारतीय गायन रियालिटी शो सारेगमपामा आफ्नो जादूमय क्षमता प्रदर्शन गरिरहेका छन् । उनीहरु ‘जीटिभी’ बाट प्रशारण हुने गायन रियालिटि शो ‘सारेगमप’ को टप ९ मा पुगेका छन्।

गएको फ्रेब्रुअरी ९ बाट सुरु भएको सो प्रतिस्पर्धामा विभिन्न चरणहरु पार गर्दै उनीहरु अहिले टप ९ सम्म पुग्न सफल भएका हुन् । १६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु यो कार्यक्रममा सहभागी छन्। यो वर्ष प्रितम आचार्य र आयुष केसी सहित नेपालबाट ८ जना सहभागी भएका थिए जसमध्ये १२ वर्षका आयुष र ११ वर्षका प्रितममात्र कार्यक्रममा सहभागी हुन पाएका थिए भने उनीहरुले सहभागितालाई मज्जाले अघि बढाइरहेका छन् ।

त्यस्तै भोली प्रसारण हुने सारेगमापाको नयाँ एपिसोडमा नयाँ हिन्दी फिल्म भारतका मुख्य कलाकार सलमान खान र कट्रिना केफ आउनेछन् भने यस एपिसोडमा प्रितमले निकै नै दमदार प्रस्तुती दिएका छन् र उनको प्रस्तुतीको सानो अंश जिटिभीले सार्वजनिक गरेको छ ।

प्रितमले यसपटकको एपिासेडमा चर्चित हिन्दी गीत ओले ओले गाएका छन् भने उनको प्रस्तुती निकै नै दमदार ससाथै पावरफुल थियो जसका कारण नायल सलमान खानले उनलाई यसरी तारिफ गरे…

हेर्नुहोस् भिडियोमा :

नेपालका प्रितमको पावरप्याक पर्फमेन्स देखेर यस्तो भने सलमान खानले… भिडियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *