निश्चल र आसिफ अभिनित चलचित्र ‘२ रुपैयाँ’ युट्युबमा रिलिज (पूरा फिल्म)

डिसी नेपाल
११ जेठ २०७६ ५:२१

काठमाडौं – नेपाली कथानक चलचित्र ‘२ रुपैयाँ’ युट्युब रिलिज गरिएको छ । हलमा रिलिज भएर दर्शकको मन जितेको फिल्म ‘दुई रुपैयाँ’ युट्युबमा रिलिज गरिएको छ । फिल्मलाई हाइलाइटस् नेपालको युटयुबमा च्यानलमार्फत हिजो साँझ सार्वजनिक गरिएको हो ।

निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ, मेनुका प्रधान लगायतका कलाकारको मुख्य अभिनय रहेको यो फिल्मले हलमा रिलिज हुँदा दर्शकको राम्रै साथ पाएका थियो । यस्तै फिल्ममा रविन्द्र झा, राजन इशान, टिका पहारी लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

जी ट्वान्टीवान पिक्चर्स र ब्ल्याक हर्सको ब्यानरमा निर्माण भएको यो फिल्म कमेडी जानरामा निर्माण भएको हो भने चलचित्रलाई निर्देशक असिम शाहले निर्देशन गरेका छन् ।

चलचित्र ‘२ रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ नेपालमा युट्युबमा सबैभन्दा धेरै हेरिएको गीत हो । यस गीतमा निश्चल र आसिफको साथमा नायिका स्वस्तिमा खड्कालाई फिर्चड गरिएको छ ।

हेर्नुहोस् पूरा फिल्म…




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *