सुहानाले देश छोडिन्, ए मेरो हजुर ४मा अनमोल नहुने पक्का, एयरपोर्टमा फ्यानको यस्तो माया

डिसी नेपाल
११ जेठ २०७६ ७:३०

काठमाडौँ । नेपाली सुपरहिट चलचित्र ए मेरो हजुर ३ बाट नेपाली रजतपटमा डेब्यु गरेकी नायिका हुन् सुहाना थापा । अमेरिका रहेर पढाइलाई अगाडि बढाउँदै गरेकी सुहाना थापा आफ्नै होम प्रोड्क्सन अर्थात झरना थापा निर्देशित चलचित्र ए मेरो हजुर ३ बाट चलचित्रमा प्रवेश गरेकी नव नायिका हुन् ।

पहिलो फिल्ममै युवा स्टार अनमोल केसीसँग स्क्रिन सेयर गरेकी सुहाना आफ्नो पहिलो चलचित्र हलमा लागेपछि आफ्नै कामको अपत्यारिलो प्रशंसा पाउन सफल नायिका हुन्।

उनी अभिनित चलचित्र ए मेरो हजुर ३ ले नेपालमा सोचे भन्दा पनि राम्रो व्यापार गरेपछि अहिले फिल्मको विदेशमा पनि निकै नै माग भइरहेको निर्माती तथा निर्देशक झरना थापा बताउँछिन् । ए मेरो हजुर ३ अब युरोपको विभिन्न शहर देखि हङकङ र अमेरिकामा प्रदर्शन हुने विदेशमा रहने दर्शकहरुलाई जानकारी पनि दिइन् ।”

चलचित्र प्रदर्शनलाई लिएर युरोप जाँदै गर्दा अभिनेत्री झरना थापा र छोरी सुहानालाई बिदाई गर्न त्रिभुवन विमानस्थलमा निकै ठूलो घुइँचो लागेको थियो । जाँदाजाँदै एयरपोर्टबाटै आमा छोरीले अभिनेता अनमोल केसीलाई धेरै नै मिस गरेको बताइन् । साथै ए मेरो हजुरको चौठौँ स्क्विेलमा अनमोल नहुेन कुरा पनि बताएका छन् ।

बाँकी कुरा भिडियोमा हेर्नुहोस् …




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *