सलमान र कट्रिनाले गरे प्रितम आचार्यको खुलेर तारिफ ( भिडियो सहित )

डिसी नेपाल
१३ जेठ २०७६ ६:२०

नेपालका बालकद्वय प्रितम आचार्य र आयूष केसीले हाल चर्चित भारतीय गायन रियालिटी शो सारेगमपामा आफ्नो जादूमय क्षमता प्रदर्शन गरिरहेका छन् । उनीहरु ‘जीटिभी’ बाट प्रशारण हुने गायन रियालिटि शो ‘सारेगमप’ को टप ९ मा पुगेका छन्।

गएको फ्रेब्रुअरी ९ बाट सुरु भएको सो प्रतिस्पर्धामा विभिन्न चरणहरु पार गर्दै उनीहरु अहिले टप ९ सम्म पुग्न सफल भएका हुन् । १६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु यो कार्यक्रममा सहभागी छन्। यो वर्ष प्रितम आचार्य र आयुष केसी सहित नेपालबाट ८ जना सहभागी भएका थिए जसमध्ये १२ वर्षका आयुष र ११ वर्षका प्रितममात्र कार्यक्रममा सहभागी हुन पाएका थिए भने उनीहरुले सहभागितालाई मज्जाले अघि बढाइरहेका छन् ।

त्यस्तै भर्खरै प्रसारण भएको सारेगमापाको नयाँ एपिसोडमा हिन्दी फिल्म भारतका मुख्य कलाकार सलमान खान र कट्रिना केफ आएका छन् । यस एपिसोडमा बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाली बाबु प्रितम आचार्यको खुलेर तारिफ गरेका छन् । सरेगमापा लिटिल च्याम्प्समा तहल्का मच्चाएका प्रितमलाई सलमानले चर्चित गायक उदित नारायण झा संग तुलना गरेका हुन् भने बल उदितनारायण भनेर तारिफ गरेका हुन् ।

हर्नुहोस् भिडियो …




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *