डेनमार्क पुगेकी सुहानाको बाहिरियो यस्तो भिडियो, यूरोपमा सुहाना यतिसम्म खुलिन्

डिसी नेपाल
१४ जेठ २०७६ ९:४२

काठमाडौँ । नेपाली चलचित्र ए मेरो हजुर ३ को विशेष प्रदर्शनको लागि डेनमार्कमा पुेगी नायिका सुहाना थापाको गज्जबको पोज साथै उनले पहिलो फिल्मबाटै नेपालमा मात्र नभएर विदेशमा पनि बनाएको क्रेजको बारेमा यस भिडियोमा चर्चा गर्नेछौँ ।

चलचित्र ए मेरो हजुर ३ नेपालमा ब्लक बस्टर भएपछि नायिका झरना थापा र नायिका सुहाना थापा चलचित्रको विशेष प्रदर्शनको लागि डेनमार्क पुगेका छन् र डेनमार्कमा यो सिनेमाको शो पनि भइसकेको छ ।

डेनमार्कमा आयोजना भएको विशेष शोमा विशेषगरी नायिका सुहाना थापाले नेपालका लागि डेनमार्कका राजदुत युवानाथ लम्साललाई भागवत गीता प्रदान गरेकी छन् । उनले नेपालका लागि डेनमार्कका राजदुत युवानाथ लम्साललाई चलचित्र ए मेरो हजुर ३ को विशेष शो हेर्नआएकोमा धन्यवाद ज्ञापन समेत दिएकी छन् । र, डेनमार्कमा आयोजना भएको विशेष शोमा हाउसफुलका साथ दर्शकहरुले सिनेमा हेरेका छन् ।

निर्मात्री झरना थााले सार्वजनिक गरेको तस्विरमा पनि यो कुरा पुष्टि भएको छ । दर्शकल सिनेमालाई डेनमार्कमा पनि अत्याधिक मात्रामा मनपारएका छन् भनेर विशेष शो हाउसफुल हुनुले पनि प्रमाणित भएको छ ।

थप तथा विस्तृत जानकारीको लागि हिट नेपालले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुस्…




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *