मुन्द्रेको कमेडी क्लबमा फुलन्देकी आमा र नाजिरको यस्तो रोमान्स, वर्षा र बुद्धि हेरेको हेर्यै (भिडियो)

डिसी नेपाल
१५ जेठ २०७६ ७:३१

काठमाडौँ। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने “मुन्द्रेको कमेडी क्लब” हरेको सोमबार राति ९ बजे प्रसारण भइरहेको छ। दीपाश्री निरौला सभापति रहेको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता रहेको छ ।

कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ । राजेन्द्र लट्टेको रूपमा देखिएका छन् भने उमेश राई फुलन्देकी आमा बनेकी छिन् र राजाराम पौडेल घरबेटी बनेका छन् साथै घरबेटीको साली बनेर आएकी छन् लुनिभा तुलाधार।

सोमबार प्रसारित मुन्द्रेको कमेडी क्लबको नयाँ एपिसोडमा ३० मा नेपाली सिनेमा क्षेत्रका तीन चर्चित कलाकारहरुलाई निम्त्याइएको छ ती हुन् वर्षा सिवाकोटी, नाजिर हुसेन र बुद्धि तामाङ (हैट)। यी तीन अभिनितफिल्म बीर बिक्रम २ विभिन्न हलहरुमा प्रदर्शन भइरहेको छ ।

बीर ब्रिकम २ नेपाली ब्लकबस्टर चलचित्र बीर ब्रिकमको सिरिज हो । आज यस कार्यक्रममा यी बीर ब्रिकम टिमले निकै रमाइलो गरेका छन् भने कार्यक्रमको सुरुवातदेखि अन्तसम्म हाँसेको हास्यै भएका छन् ।

हेर्नुस् उनीहरूसँगको रमाइलो कुराकानी ‘मुन्द्रेको कमेडी क्लब भाग – ३०’ मा :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *