‘सारेगमप’को सेमी फाइनलमा नेपालका प्रितम, दिए शरीर नै जिरिङ हुने यस्तो प्रस्तुती (भिडियो)

डिसी नेपाल
१७ जेठ २०७६ ६:५०

इटहरीका ११ वर्षिया बाल गायक प्रितम आचार्य भारतीय रियालिटी शो सारेगमपा लिटिल च्याम्प्सको सेमिफाइनलमा पुगेका छन् । उनले सेमिफाइनलमा पनि जजहरुको मन जितेका छन् भन्ने कुरा जिटिभीले प्रसारण गरेको नयाँ एपिसोडको यो छोटो भिडियो मार्फत पुष्टि भएको छ ।

उनले यस नयाँ एपिसोडमा लुट गए ‘ बोलको गीत गाएको प्रोमो सार्वजनिक भएको छ । जसमा उनलाई जजहरुले स्टेजमै गएर बोकेको देखाइएको छ । भने गेष्ट कलाकार आनन्द राज आनन्दले उनको खुलेरै तारिफ गरेका छन् भने उनको प्रस्तुती आफ्नोलागी यादगार प्रस्तुती भएको समेत बताएका छन् । अझ त जज ऋचा त उनको प्रस्तुती हेरेर भाबुक समेत भएकी थिइन् ।

नेपालका प्रितम सहित आयुस केसीले भारतका विभिन्न ठाउँबाट आएका लाखौ बाल कलाकारलाई चुनौती दिंदै आफ्नो हुनर देखाइरहेका छन् । प्रितम संगै यतिबेला टप ९ मा पुगेका नेपालका अर्का बाल कलाकार आयुष केसीले समेत आफ्नो गायकीबाट सबैको मन जितेका छन् ।

हेरौं प्रोमो भिडियो…




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *