कसैको बाँसुरी बजाउन्न भन्दै आक्रोशित हुँदै करिश्माले छाडिन् बाबुरामको पार्टी, स्वतन्त्र चुनाव लड्ने

डिसी नेपाल
१७ जेठ २०७६ ९:२८

काठमाडौँ । अन्ततः राजनीतिमा लागेको केही समय नबित्दै नायिका करिश्मा मानन्धरले छोडिन् डा बाबुराम भट्टराईको साथ । आखिर नयाँ शक्ति पार्टी र उपेन्द्र यादवको पार्टी मिलेसँगै किन कुनैपनि पार्टीमा नबस्ने र कुनै पनि पार्टीको बाँसुरी नबजाउने भन्दै नायिका करिश्मा मानन्धरले लिइन् यस्तो एउटा अडान ? आज यस भिडियोमा हामी यसै विषयमा रहेर विशेष कुरा गर्नेछौँ ।

केही समयअगाडि काठमाडौँमा आयोजना भएको एउटा कार्यक्रममा नायिका करिश्मा मानन्धरलाई नयाँ शक्ति पार्टीमा प्रवेश गराउँदै गर्दा यसका संयोजक डा. बाबुराम भट्टराईमा पनि एकप्रकारको खुशी थियो । नायिका करिश्मा मानन्धर राजनीतिमा एउटा नयाँ यात्रा गर्दैगर्दा निकै नै खुशी थिइन् ।

नयाँ शक्ति पार्टीको विकास र विस्तारका लागि नायिका करिश्मा मानन्धर गाउँ गाउँसम्म पुगेकी थिइन् र उनले नयाँ शक्ति पार्टी र डा. बाबुराम भट्टराईलाई नेपालको विकासको लागि एउटै मात्र पार्टी र एउटा मात्र नेता भएको पनि बताउँदै आएकी थिइन् । तर, राजनीति हो बुझ्न एकदमै गाह्रो हुन्छ, राजनीतिले कहिले कता कहिले कता लगिदिन्छ त्यसैले पनि राजनीति बुझ्नलाई निकै नै गाह्रो हुन्छ भनिन्छ । नायिका करिश्मा मानन्धरको लागि पनि राजनीति यस्तै भएको छ ।

थप जानकारीको लागि हेर्नुहोस् हिट नेपालले तयार पारेको यो भिडियो रिर्पोट…




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *