चार्टबस्टर प्रस्तुति दिँदै सारेगमपाको सेमिफाइनलमा नेपाली बाबु आयुष, यसरी काँधमा बोके जजहरुले

डिसी नेपाल
१८ जेठ २०७६ ४:२३

चार्टबस्टर प्रस्तुति दिँदै सारेगमपाको सेमिफाइनलमा नेपाली बाबु आयुष, यसरी काँधमा बोके जजहरुले

काठमाडौँ । नेपालका बालकद्वय आयुष केसी र प्रितम आचार्यले चर्चित भारतीय गायन रियालिटी शो सारेगमपामा आफ्नो जादुमय क्षमता प्रदर्शन गरिरहेका छन् । उनीहरु ‘जीटिभी’ बाट प्रसारण हुने गायन रियालिटि शो ‘सारेगमप’ को सेमी फाइनलमा पुगेको छन् भने अबको नयाँ एपिसोडमा थाहा हुनेछ यी दुई फाइनलसम्म पुग्न सफल हुन्छन की नाई ।

गएको फ्रेब्रुअरी ९ बाट सुरु भएको सो प्रतिस्पर्धामा विभिन्न चरणहरु पार गर्दै उनीहरु अहिले टप ९ सम्म पुग्न सफल भएका हुन् । १६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरू यो कार्यक्रममा सहभागी छन्। यो वर्ष प्रितम आचार्य र आयुष केसी सहित नेपालबाट ८ जना सहभागी भएका थिए भने यी दुई मात्र कार्यक्रममा सहभागी हुन पाएका थिए भने सेमिफाइनलसम्म आइपुगेका छन्।

जि टिभीबाट प्रसारण हुँदै आएको भारतकै चर्चित सिंगिङ रियालिटी शो “सारेगमप लिटिल च्याम्स” को आज र भोलि प्रसारण हुने शो मा आयुष र प्रितमको सेमि फाइनल प्रस्तुतीको प्रोमो भिडियो रिलिज गरिएको छ । जसमध्ये प्रितम आचार्यको प्रस्तुतीको प्रोमो भिडियो हिजो प्रस्तुत गरिसकेको छौँ भने आज यस भिडियोमा हामी आयुष केसीको प्रस्तुती देखाउँदैछौँ ।

आयुष केसीले यो पटक तुम मिले कोलको गीत गाएका छन् भने उनको प्रस्तुती निकै राम्रो रहेको छ । उनको प्रस्तुती र गाएकीले सबैको मन छोएको छ भने जजहरुलाई मन्त्रमुग्ध बनाएको छ । उनको प्रस्तुतीपछि केही जजहरुले त स्टेजमै पुगेर उनलाई काँधमा बोक्नुको साथै आशीर्वाद पनि दिएका छन् ।

हेर्नुहोस् प्रोमो भिडियोमा …




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *