मुन्द्रेको कमेडी क्लबमा राई इज किङ, अकबरीले गालामा मोई खादाँ भए अकनबक (भिडियो)

डिसी नेपाल
२१ जेठ २०७६ ७:२९

काठमाडौँ। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने “मुन्द्रेको कमेडी क्लब” हरेको सोमबार राति ९ बजे प्रसारण भइरहेको छ। दीपाश्री निरौला सभापति रहेको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता रहेको छ ।

कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ । राजेन्द्र लट्टेको रूपमा देखिएका छन् भने उमेश राई फुलन्देकी आमा बनेकी छिन् र राजाराम पौडेल घरबेटी बनेका छन् साथै घरबेटीको साली बनेर आएकी छन् लुनिभा तुलाधार अर्थात अकबरी।

सोमबार प्रसारित मुन्द्रेको कमेडी क्लबको नयाँ एपिसोडमा ३१ मा नेपाली सांगितिक क्षेत्रका चर्चित गायक राजेश पायल राईलाई निम्त्याइएको छ । राजेश पायल राई लाई राई इज किङको उपनाम पनि दिइएको छ । उनले हालसम्म ७ देखि ८ हजारको हाराहारीमा गीत रेकर्ड गराईसकेका छन् भने दजनौँ एल्मबहरु बजारमा ल्याइसकेका छन् ।

आज यस कार्यक्रममा उनीसँग निकै रमाईलो कुराकानी गरिएको छ भने उनलाई अहिलेसम्म विवाह नगर्नुको कारण पनि सोधिएको छ । साथै उनले यस कार्यक्रममा गीत गाउोदेखि लिएर नाचेका समेत छन् ।

हेर्नुस् उनीहरूसँगको रमाइलो कुराकानी ‘मुन्द्रेको कमेडी क्लब भाग – ३१’ मा  :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *