गगन थापाको प्रश्न, ‘वृद्धा भत्ता कार्यक्रम हेरे खुसी हुँ कि दुखी ?’ (भिडियोमा)

डिसी नेपाल
२२ जेठ २०७६ २:२४

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले अघि सारेको सम्मृद्ध नेपाल सुखी नेपालीको नारा बजेटमा प्रतिविम्बित हुन नसकेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागी हुदै सांसद थापाले सरकारको लक्ष अनुसार बजेटमा विकासको दर्शन आउन नसकेको टिप्पणी गरे ।

बलियो सरकारले ल्याएको बजेटमा विकासको प्रस्थान विन्दु गाउँ हो कि शहर हो भन्ने मा नै अन्योल देखिएको तर्क गरे । बजेटमा आर्थिक विकासको र राजश्वको लक्ष फेला नपरेको, नेकपाको विकास दर्शन र सिद्धान्त फेला नपरेको तथा मन्त्रालयगत प्राथमिकता निरासाजनक भएको टिप्पणी गरे ।

बहुमतको सरकारले मुलुकको आर्थिक विकासका लागि निरन्तरतामा क्रम भंग गरि रुपान्तरणको बाटोमा अघि बढ्छ भन्ने नागरिकको अपेक्षा सम्बोधन गर्न नसकेको दाबी गरे ।

थप जानकारीको लागि केन्द्रबिन्दु न्युजले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुहोस्…




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *