मार्सल आर्ट लुक्समा नम्रताको ‘जाइरा’ (टिजर सहित)

डिसी नेपाल
२३ जेठ २०७६ ३:०१

काठमाडौँ । चर्चित नायिका नम्रता श्रेष्ठ अभिनित फिल्म ‘जाइरा’को टिजर रिलिज सार्वजनिक गरिएको छ । काठमाडौँको राजधानीमा एक कार्यक्रमको बिच टिजर सार्वजनिक गरिएको हो भने टिजरलाई हाइलाइट्स नेपालद्वारा हिजो युट्युबमा सार्वजनिक गरिएको हो ।

आशुतोष राज श्रेष्ठको निर्देशनमा रहेको यस फिल्म जाइरामा नायिका नम्रता श्रेष्ठ मार्शल आर्ट खेलाडीको भूमिकामा देखिएकी छिन् । भदौ ६ गतेबाट रिलिजमा आउने चलचित्रको टिजरमा नम्रतालाई मात्र देखाइएको छ ।

भदौ ६ गतेबाट रिलिज हुने फिल्ममा नायिका नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रलाई कटामरी फिल्मस्को सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालिको प्रस्तुतिमा तयार पारिएको हो ।

हेर्नुहोस् टिजर :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *