नम्रताको यति बबाल इन्ट्री, बर्षा र प्रियंकाको फोटोको ट्रोल बारे बोलिन् (भिडियो)

डिसी नेपाल
२३ जेठ २०७६ ५:०३

काठमाडौँ । भदौ ६ गते बाट प्रदर्शनमा आउज लागेको नेपाली चलचित्र ‘जाइरा’ को टिजर हिजो सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी उक्त चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमा चलचित्रकी नायिका नम्रता श्रेष्ठले एउटा मार्शल आर्टिस्टको बदलाको कथामा चलचित्र बनेको बताइन् । ‘मार्शल आर्टिस्ट जस्तो देखिनको लागी मैले धेरै नै मिहेनत गर्नुपर्यो । शारीरिक, मानसिक तथा भावनात्मक रुपमा कथालाई न्याय दिन मैले आफ्नो कपाल समेत काटेकी थिए ।’ उनले भनिन् ।

आशुतोष राज श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा नायिका नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छिन् । यो चलचित्रमा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दाससहित नव कलाकारहरु सृजना रेग्मी, सुजाता श्रेष्ठ र सम्राट मगरको अभिनय रहेको छ ।

चलचित्रमा नव अभिनेत्री सृजना रेग्मी खेलाडीको रुपमा रहेकी छिन् भने नव अभिनेता सम्राट मगर नम्रताको कोचको भूमिकामा देखिएका छन् । यो चलचित्र कटामरि फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेण्ड्सेटर्स प्रा.लि. को प्रस्तुतिमा यो चलचित्र बनेको हो भने ‘जाइरा’ का पटकथाकार आशुतोष राज श्रेष्ठ र निरोज महर्जन हुन् ।

प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’ लाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । कल्याण सिंह, डिजे राजु र टम्ब्लिविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द निर्देशन रहेको छ भने द्वन्द कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङ्गको छ ।

भिडियो हेर्नुहोस्…

हेर्नुहोस् ट्रेलर पनि…




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *