स्थानीयको आन्दोलनपछि थली–साँखु सडकको काम अघि बढाउने सहमति

डिसी नेपाल
२८ जेठ २०७६ ११:३१

काठमाडौं । स्थानीयबासीको आन्दोलनपछि काठमाडौँको चाबहिल–साँखु सडकखण्ड अन्तर्गतको थली–साँखु सडकखण्ड तत्काल स्तरोन्नति हुने भएको छ ।

मंगलबार बिहान स्थानीयबासीहरु आन्दोलनमा उत्रिएपछि कागेश्वरी मनोहरा नगरपालिका सडक स्तरोन्नतिका लागि सहमत भएका हो ।

लामो समयदेखि चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक अस्तव्यवस्त अवस्थामा रहे पनि नगरपालिकाले बेवास्ता गरेपछि मंगलबार सडक बन्द गरेर बिहान विद्यार्थी र स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका थिए ।

निर्माण सुरु गरिएको लामो समय भए पनि बीचमै छाडेपछि स्थानीयहरु प्रत्यक्षरुपमा पीडित बनेका थिए ।

स्थानीयवासीको आन्दोलनपछि भएको छलफलमा सङ्घर्ष समिति र नगरपालिकाबीच तीन बुँदे सहमति भएको हो । तत्काल बाटोमा भएको हिलो नियन्त्रण गर्ने, एक हप्ताभित्र बाटो ग्रेडिङ गरी आवतजावत सहज बनाउने र चाँडोभन्दा चाँडो सडक निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्नेलगायत सहमति भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु सिम्खडा पुडासैनी, नगर कार्यपालिका सदस्य बबिता दाहाल कुइँकेल र संघर्ष समितिका पवोल बज्राचार्य, निराजन नेपाल, मनिष सिम्खडालगायतबीच सहमति भएपछि स्थानीयबासीले आन्दोलन फिर्ता लिएका छन् ।

केही समयअघि मात्रै बौद्ध, जोरपाटीलगायत क्षेत्रमा पनि सडक निर्माणमा विलम्ब भएपछि स्थानीयबासीहरुले आन्दोलन गरेका थिए आन्दोलनलगत्तै सो सडक निर्माणको काम सुरु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *