प्रचण्डको अभिव्यक्ति, देउवाको बधाइ र एस जयशंकर

डिसी नेपाल
२८ जेठ २०७६ १२:३३

‘बाख्रो हराउनु र चितुवा कराउनु’ भन्ने नेपाली आहान प्रख्यात छ। अघिल्लो हप्ता नेकपाका एकजना अध्यक्ष प्रचण्डले केपी ओली र आफूबीच आलोपालो सरकार संचालन गर्ने सहमति भएको खुलासा गरे। प्रचण्डले आफूहरबीच मौखिक होइन, लिखित सहमति भएको र अब आफ्नो सरकार चलाउने पालो आउन लागेको संकेत पनि गरे। ओली र प्रचण्डबीच भएको लिखित सहमति संचारमाध्यमबाट सार्वजनिक हुनुले राजनीतिक वृत्तमा निकै चर्चा पायो।

त्यसले चर्चा मात्रै पाएन, भारतमा मोदीको नेतृत्वले चुनाव सम्पन्न गराएर अघिल्लो पालाको जनअभिमत भन्दा अझ धेरै अभिमत प्राप्त गरेर सरकार गठन गर्दा आफ्नो मन्त्रिपरिषदमा पूर्व विदेश सचिव एस जयशंकर (जो नेपालमा संविधान जारी भएपछिको नाकाबन्दीको सुत्राधारका रुपमा चिनिन्छन्) लाई विदेश मन्त्रीको जिम्मेवारी दिइएको छ।

उता नेपाल कांग्रेसका सभापति एवं प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले पार्टी सभापतिको हैसियतमा विदेश मन्त्रीको जिम्मेवारी पाएका एस जयशंकरलाई बधाइ दिएको विषय चर्चामा आएको छ। देउवाले सभापतिको हैसियतमा बिजेपी अध्यक्ष अमित शाहलाई बधाइ दिएको भए त्यसले चर्चा पाउने थिएन, तर नेपालमा नाकाबन्दी लगाउन मुख्य भूमिका निर्वाह गरेका व्यक्ति विदेश मन्त्री हुँदा उनलाई बधाइ दिनुको कारण के हो ? यसले कांग्रेसलाई फाइदा होइन घाटा नै पुर्याउँछ।

यता नेकपामा राजनीतिक रुपले प्रचण्डको अभिव्यक्तिलाई दिएर तरंग उत्पन्न भएको छ। यो संयोग मात्रै हो वा यो विषयले कुनै दिन सार्थकता पाउँछ भन्ने विषय राजनीतिको केन्द्रमा छ। यी सबै विषयलाई नियाल्दा भारतमा प्रधानमन्त्री मोदीले सपथ लिने सन्दर्भमा  बोलाइएका विदेशी पाहुनालाई पनि विचार गर्दा के आंकलन गर्न सकिन्छ भने निश्चित कुरामा चीन र भारत आर्थिक सुपर पावरकालागि मिलेर काम गरिरहेका छन्।

नेपाली जनतालाई दुई तिहाइ बहुमतको नेकपाको सरकार छ, सरकारको नेतृत्वमा ओली वा प्रचण्ड जो भएपनि केही फरक पर्दैन।

छिमेकीका विषयमा विशेष गरी नेपालका सन्दर्भमा चीन र भारतको संघीयताका विषयलाई लिएर होस वा धार्मिक, सांस्कृति राजा बनाउने विषयमा केही न केही नेपालप्रतिका विषयमा एकमत छन् की भन्ने अनुमान लगाउने गरिन्छ।

नेपाली जनतालाई दुई तिहाइ बहुमतको नेकपाको सरकार छ, सरकारको नेतृत्वमा ओली वा प्रचण्ड जो भएपनि केही फरक पर्दैन। प्रतिपक्षकालागि वा आम नेपालीकालागि ओली वा प्रचण्ड जो भए पनि फरक पर्दैन।

तर, पाँच वर्षकालागि गठन भएको सरकार आधा अवधिमा नै परिवर्तन भयो भने राजनीतिमा यसले के असर गर्छ र छिमेकी मित्रराष्ट्रले कसरी हेर्छन भन्ने विषय एउटा पक्ष हुन सक्ला। तर प्रचण्डको यस्तो अभिव्यक्तिले प्रशासन यन्त्र र सुरक्षा निकायले प्रधानमन्त्रीको निर्देशन पालन गर्न छोडे भने त्यसले मुलुकमा सधैं अस्थिरता रहने हुन्छ।

लेखक : जगदीश दाहाल

अर्कोतर्फ उपेन्द्र यादव र बाबुराम भट्टराईको पार्टीबीच किन एकीकरण भयो। किन अहिले राजपासँग कार्यगत एकता वा एकीकरण नै गर्ने गरी प्रयास भइरहेका छन्? उपेन्द्र यादवले संघीयताको संचरनामा र संख्यामा परिवर्तन नगरे सरकार छोडेर आन्दोलनमा उत्रिने अभिव्यक्ति दिएका छन्। त्यो अभिव्यक्तिले के संकेत गर्छ? केही समय अगाडि उपत्यकामा पड्कियो बम, सोलुको प्रहरी चौकी आक्रमण गर्न गएको जत्था र जंगलमा बसेर सशस्त्र आन्दोलनको तयारी गरिरहेको विप्लव समूहको गतिविधिलाई विश्लेषण गरेर हेर्दा दुई तिहाइ बहुमतको सरकारले मात्र राजनीतिक स्थायित्व र शान्ति कायम हुँदो रहेनछ।

त्यसैले भारतमा बिजेपीले आफूलाई सरकार बनाउन सहज बहुमत प्राप्त गर्दा पनि आफूसँग सहमत भएर सँगै चुनाव लडेका र चुनाव जितेर आएपनि सरकारमा सँगै बसेर मुलुक बनाउने दिशातर्फ अगाडि बढेर सहयोग गर्ने सबैलाई समेटेर सरकार बनाउनुबाट के देखिन्छ भने मुलुक बनाउने कुरा मिलेर गर्ने हो। शान्ति सुरक्षा कायम गर्ने, प्रशासन यन्त्रलाई चुस्त र दुरुस्त बनाएर अगाडि बढ्ने र मुलुकको आर्थिक उन्नति र विकास गर्ने विषयमा सबैको साझा धारणा बनाएर अगाडि बढ्नुपर्छ।

दुई तिहाइको घमण्ड त्याग्ने र न्युनतम सबै विषयमा सबै मिलेर साझा एजेण्डा बनाएर मुलुकको आर्थिक उन्नति र नागरिकलाई सुशासन दिनकालागि सबै मिलौं भनेर दुई तिहाइ ल्याउने शक्तिले सबैलाई मिलाएर लैजान सकेमात्र सबै समस्याको समधान निस्किन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *