परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्रीबीच बेइजिङमा द्विपक्षीय वार्ता

डिसी नेपाल
१८ असार २०७६ १९:१९
AACIEdL

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उनका चिनियाँ समकक्षी वाङ यीबीच बुधबार बेइजिङमा दिद्वपक्षीय वार्ता भएको छ ।

बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार बुधबार दिउँसो दुई नेताबीच ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा उनीहरूबीच दुई पक्षीय सम्बन्धलाई थप मजबुद् बनाउने र आपसी सहयोग बढाउनेबारेमा छलफल भएको दूतावासले जनाएको छ।

बुधबारै मन्त्री ज्ञवालीले दूतावासमा आयोजित एक कार्यक्रममा बेइजिङमा रहेका नेपाली बुद्धिजीवीहरूसँग अन्तर्क्रिया गरेका छन्।

आफ्नो रेष्टुरेण्टमा पल्पसा डंहोल

बुधबार साँझ मन्त्री ज्ञवाली दूतावासले आयोजना गरेको रात्रीभोजमा सहभागी भएका छन्।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *