कुमार पन्त भन्छन्– भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई ‘अबको अध्यक्ष तपाईँ नै हो’ भन्नुभाछ

डिसी नेपाल
१ साउन २०७६ ११:२२

काठमाडौं । अहिले जुलाई । अबको ठ्याक्कै ३ महिनापछि अक्टोबर १३ देखि १६ सम्म गैरआवासीय नेपाली संघ ९एनआरएनए० को चुनाव हुनेछ। नवौँ विश्व सम्मेलन एवं नयाँ नेतृत्वका लागि हुने तीन महिनापछिको चुनावको गर्मी विस्तारै चढ्दै गएको छ।

आउने चुनावमा अध्यक्ष पदका लागि चर्चमा अरू पनि छन् तर प्रबल आकाङ्क्षीको नाम हो– कुमार पन्त, जो अहिले उपाध्यक्ष छन्। दुई वर्ष पहिलेको चुनावमा अहिलेका अध्यक्ष भवन भट्टसँग पन्तको सहमति भएको थियो– आउने चुनावमा भट्टले पन्तलाई अध्यक्षका लागि सघाउने। त्यही सहमति अनुसार अहिले आफ्नो उम्मेद्वारी स्वाभाविक भएको र आफू नै अबको अध्यक्ष हुने विश्वास पन्तको छ। तर चर्चा के पनि छ भने वर्तमान अध्यक्ष भट्टले ‘त्यस्तो कुनै सहमति भएको छैन, मेरा बाँकीरअधुरा कार्यभार पूरा गर्नका लागि अर्को एक कार्यकाल मलाई चाहिन्छु भनेर आफै अध्यक्ष बन्ने होडमा छन्।

तर डिसी नेपालसँगको संवादमा पन्तले भनेका छन् ‘केही दिन अघि पनि भवन भट्टले मलाई अबको अध्यक्ष तपाईँ नै हो भन्नु भएको छ, त्यसका साक्षी पनि छन्।’ पन्तका अनुसार आफूहरूबीच भएको सहमति कार्यान्वयन हुने र भट्टले अबको अध्यक्षमा आफूलाई विजयी बनाउन सघाउने छन्। पूर्व अध्यक्षहरू सबैको आफूलाई समर्थन रहेको पनि उनको दावी छ।

दुई कार्यकाल उपाध्यक्ष र त्यस अगाडि महासचिव सहित विभिन्न जिम्मेवारी सम्हालेका पन्त अबको चुनावमा एक बलिया प्रत्यासी पक्का हुन्। चुनावी तयारी, त्यहाँ हुने राजनीति र चुनाव जित्नका लागि गरिने रकमको चलखेल, अहिलेको सरकारलाई गैरआवासीय नेपालीहरूले गरेको मूल्याङ्कन र अन्य विविध विषयमा प्रश्न सोधिएको छ। हेर्नुस् कुमार पन्तसँग डिसी नेपालका लागि टेकनारायण भट्टराईले गरेको यो भिडियो संवादः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *