दशरथ रंगशालाको मुहार फेरिंदै, हेर्नुहोस् १२ तस्विर
काठमाडौं। भूकम्पपछि ध्वस्त बनेको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मुहार फेरिंदै गएको छ।
रंगशालाको एक पट्टिको प्याराफिट निर्माण भइसकेको छ भने भिआइपी बस्ने प्याराफिटको निर्माण सम्पन्न हुन बाँकी छ। मैदानभित्र प्रवेश गर्ने विभिन्न ढोकाहरुको मर्मतसम्भार एवं कार्यालय भवनहरुमा रंग लगाउने कार्य भइरहेको छ।
यस रंगशालाको पुनः निर्माण लगभग सम्पन्न हुने तयारीमा रहेको छ। यस्तै दौडका लागि प्रयोग हुने भागमा सिन्थेटिक ट्रयाक समेत हालिएको छ। जसले गर्दा रंगशाला आकर्षक बन्दै गएको हो।
आगामी डिसेम्बरमा आयोजना हुन गइरहेको १३ औं दक्षिण एसियाली खेलकुद साग को लागि यस रंगशालाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।









No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment