रोपाइँ पछिका सुन्दर खेतका फाँटहरू (फोटोफिचर)
काठमाडौं। मनसुन सुरु भएसँगै देशका विभिन्न भूभागमा धान रोप्ने कार्य भइरहेको छ। ढिला गरी सुरु भएको मनसुनले गर्दा समयमै धान रोप्न नपाएका कृषकहरुलाई यति बेला भने धान रोप्ने चटारो छ।
वर्षातसँगै खेतहरु पानी टल्किने गरी भरिएका छन्। गरा गरामा विभाजन गरिएका खेतहरु सुन्दर एंव हरिया देखिएका छन्। देशैभर यस्ता सुन्दर देखिने खेतहरु प्रशस्त छन्।
तर खेतीयोग्य जमिनले भरिपूर्ण काठमाडौं उपत्यकामा भने त्यस्ता खेतहरु हराउँदै गएका छन्। खेतहरु घरैघर तथा प्लटिङमा परिणत हुँदै गएका छन्। अब केही स्थानहरुमा मात्र खेतहरु रहेका छन्।
यसैक्रममा डिसीनेपालका फोटोपत्रकार आर्यन धिमालले रमणीय स्थल खोकना तथा त्यस आसपास रहेका खेतहरुलाई कलात्मक रुपमा आफ्नो क्यामेरामा कैद गरेका छन्।










No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment