काठमाडौंको कलंकी डुबानमा (तस्विरसहित)

डिसी नेपाल
१५ साउन २०७६ १३:०३

काठमाडौं। लगातारको वर्षासँगै राजधानीको कंलकीस्थित खोला छेउको क्षेत्र डुबानमा परेको छ।

कंलकीको खसी बजार, मालपोत कार्यालय, ट्राफिक कार्यालय, प्रहरी कार्यालय तथा आसपासका घरहरु डुबानमा परेका हुन्।

डुबान परेसँगै त्यहाँको जनजीवन कष्टकर बनेको छ। घरभित्रै पानी पसेपछि मानिसहरु सुरक्षित स्थानतर्फ सरेका छन्।

कोही भने घरकै माथिल्लो तलातिर रहेका छन्। यस्तै पानी परिरहे काठमाडौंका अन्य स्थानमा पनि डुबानमा पर्ने देखिएको छ। नदीनालाहरुमा पानीको बहाव उच्च भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *