सरकार विरुद्ध नेविसंघले निकाल्यो ठाउँ ठाउँमा मसाल जुलुस (फोटोफिचर)
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले सरकार विरुद्ध मसाल जुलुस निकालेको छ।
सरकारले भारतबाट आयातित विषाक्त तरकारी तथा फलफूल विना चेकजाँच नेपाल भित्रन दिएको भन्दै त्यसको विरुद्ध नेविसंघ बिहीबार राजधानीको विभिन्न स्थानमा मसाल जुलुस निकालेको हो।
यसैक्रममा नेविसंघले काठमाडौंको बालाजुमा पनि मसाल जुलुस निकालेको थियो। जुलुसमा नेविसंघका निवर्तमान केन्द्रिय सदस्य सुशील भट्टलगायत अन्य विद्यार्थी नेता तथा कार्यकर्ताहरुको सहभागि थियो। बालाजुस्थित बाइसधाराबाट निकालिएको उक्त जुलुस बालाजु चोकमा आई सम्पन्न भएको थियो।
सो क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा केन्द्रिय सदस्य सुशील भट्ट विद्यार्थी नेताहरु निरन्जन थापा, पवन, थापा, सुबास घिमिरे, सुदिप राना, सौरब घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदिप जङ साह, अमृत लामिछाने, उत्सव अवस्थी र अनिल महर्जन रहेका छन्।









No ads found for this position

डिसी नेपाल
Facebook Comment