घण्टाकर्ण राक्षस जलाउँदै यसरी मनाईयो घण्टाकर्ण अर्थात् गठामुग पर्व (फोटोफिचर)

डिसी नेपाल
१५ साउन २०७६ १९:३०
8
Shares

काठमाडौं। प्रत्येक श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले मनाइने घण्टाकर्ण अर्थात् गठामुग पर्व मंगलबार भक्तपुरमा पृथक शैलीमा मनाइएको छ।

विशेष गरी नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामुग नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रुप बनाएर टोलटोल घुमाउँदै दोबाटो र चौबाटोमा पु–याई जलाएर पर्व मनाइएको हो।

भक्तपुरको भेलुखेल र दत्तात्रयमा भने पृथक शैलीमा यो पर्व मनाउने परम्परा छ। निगालोको चोयाबाट पूर्ण राक्षसरुपी गठामुग बनाएर बाहिर कपडाले मोडेर विभिन्न रङ लगाइ राक्षसको स्वरुप बनाएर टोलटोलमा घुमाएर जगाती लगेर बिसर्जन गरिएको थियो।

यो दिन बालबालिकाले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने चलन छ।

गोपाल वंशावलीअनुसार गठामुगलाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास समेत छ।

भक्तपुरमा यौनसँग पनि यसलाई दाज्ने गरिन्छ। राक्षस रुपी गठामुगलाई शरीरको रुप दिएर परालबाट लिङ्ग बनाई दुईवटा भोगटेको अण्डकोष बनाएर गीतहरु गाउँदै चोकचोकबाट निकालेर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा समेत छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *