‘सरगम प्लस’ गायन प्रतियोगिताको लागि दरखास्त आव्हान

डिसी नेपाल
१६ साउन २०७६ १०:४३

नर्थ क्यारोलिना ।  नेप्लिज एसोसियसन ईन साउथ ईष्ट (अमेरिका नासा) र एसोसियसन अफ नेप्लिज ईन मिड वेष्ट अमेरिका (एन्मा) को  आगामी १५ औँ संयुक्त सम्मेलन नजिकिँदै गर्दा आयोजकहरू सम्मेलनलाई सफल पार्न अहोरात्र लागि परिरहेका छन् । हरेक वर्ष भव्यताका साथ सम्पन्न हुँदै आइरहेको सम्मेलन यस वर्ष पनि विविध कार्यक्रमका साथ मनाउने तयारी भैरहेको कुरा आयोजक समितिका प्रमुख प्रशिम पौडेलले बताएका छन् ।

हाई पोइन्टस्थित नेपालीहरूको  साझा संस्था ट्रायड नेप्लिज कम्युनिटी सेन्टरको आयोजनामा  दोस्रो पटक सम्पन्न हुने उक्त सम्मेलनमा स्थानीय तथा अमेरिकाको

१५  भन्दा बढी राज्यहरूबाट प्रतिनिधिहरू सहभागिता जनाउने गरी तयारी भैरहेको कुरा नासाका  अध्यक्ष माधव ढकालले  बताएका छन् ।

एन्माका अध्यक्ष बलराम पन्थीका अनुसार  नेपाली कला र संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्न र नेपाली तथा नेपालीभाषी बीचको भाइचाराका वृद्धिका लागि सम्मेलन कोसे ढुङ्गो साबित हुने कुरामा आफू विश्वस्त रहेको कुरा बताए।

यसपटकको सम्मेलनमा  नेपाली कला र सङ्गीतको संरक्षण र प्रवर्धन गर्दै नयाँ पुस्तालाई नेपाली गीत र संगीत प्रति आकर्षित गर्न प्रथम पटक ‘सरगम प्लस’ नामक गायन प्रतियोगिताको आयोजना हुँदैछ ।

भनिन्छ, ‘संगीतको न कुनै भाषा , न कुनै परिधि नै हुन्छ’ त्यसैले पनि होला , सात समुद्रपार पनि नेपालीहरूले आफ्नो भाषा , कला र संगीतप्रतिको  मोहलाई अझ बढी चासोको रुपमा लिएकाले  सो कार्यक्रम आयोजना गर्न लागिएको कुरा सो कार्यक्रमका संयोजक रोशन श्रेष्ठले बताए । श्रेष्ठका  अनुसार रियालिटी सोहरु प्रति युवायुवतीहरूको आकर्षण दिनप्रतिदिन बढ्दै गैरहेकोले  सो गायन प्रतियोगिता गर्नुको औचित्य प्रस्ट्याएका छन् ।
आफ्नो कार्यक्रमको बारेमा जानकारी दिदैँ उनले  विभिन्न राज्यहरूबाट  यस कार्यक्रमको बारेमा रुचि र चासो  बढ्नुले पनि प्रतियोगिता सफल हुने  कुरामा  ढुक्क रहेको प्रतिक्रिया दिए  ।

‘सरगम प्लस’ नामकरण गरिएको  सो प्रतिस्पर्धा आगामी अगस्ट ३१ तारिख शनिबारका दिन  अमेरिकामा नर्थ क्यारोलिना राज्यको सुन्दर शहर विन्स्टन सेलमको होटल  मेरियटको कन्भेन्सन सेन्टरमा फिनाले हुने भएको छ ।

नाम दर्ता गरिसकेपछि  प्रतियोगीहरूले आफ्नो प्रतियोगी सृजना भिडियो क्लिपको रुपमा पठाउन सक्नेछन् र प्राप्त शृजनाहरुबाट  उत्कृस्टहरु  छनौट गरेर प्रत्यक्ष रुपमा  प्रतिस्पर्धात्मक रुपमा  प्रस्तुत गर्न लगिनेछ।

प्रतियोगितामा प्रथम , द्धितिय र तृतीय हुने प्रतियोगीहरुलाई नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएका छन्।

नासा रअन्मा पन्धौं सम्मेलनको एउटा आकर्षक कार्यक्रमको रुपमा हेरिएको ‘सरगम प्लस’ म्युजिकल ट्यालेन्ट हन्ट प्रतियोगिताको लागि नेपाली सांगीतिक क्षेत्रका  चार सदस्सीय गायकरश्रस्टाहरुको  निर्णायक मण्डल समेत गठन भैसकेका छन् । गठित निर्णायक मण्डलमा नेपाली  आधुनिक गीत संगीतका  बरिस्ट गायक रविन शर्मा,नेपाली सास्त्रीय संगीतका सर्जक तथा गायक श्याम सुन्दर आचार्य, आधुनिक  तथा पप गाएकद्वय   हरिश माथेमा र सुनिल उप्रेती रहेका छन।

साथै सो सम्मेलनमा  हरेक वर्ष  हुदै आइरहेको साहित्यिक कार्यक्रम तथा कविता प्रतियोगिता  पनि आयोजना हुन लागिरहेको कुरा सो समितिका संयोजक शिखर दुलालले बताएका छन् । प्रतियोगितामा  बिजेता हुनेले नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन नेपालबाट चर्चित गायीका तथा नेपाल आइडलकि निर्णायक इन्दिरा जोशी आउने भएकीछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *