जीपी कोइराला फाउण्डेशनको आयोजनामा न्यूर्योकमा नेप्लिज हेरिटेज तथा भानु जन्मजयन्ती मनाइयो

डिसी नेपाल
१६ साउन २०७६ १०:४७

न्यूयोर्क । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित गिरिजाप्रसाद कोइराला फाउण्डेशन, अमेरिका शाखाले नेप्लिज हेरिटेज तथा २०६ औ आदीकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाएको छ । न्यूयोर्क सिटीको क्विन्सबोरो प्रेसीडेन्ट मेलिन्दा काट्ज र जीपी कोइराला फाउण्डेसन अमेरिकाले न्यूयोर्कमा यही जूलाई २७ मा सो कार्यक्रम आयोजना गरेका हुन्।

ज्याक्सनहाइटस्थित जुइस सेन्टरमा आयोजित कार्यक्रममा हिन्दु धर्मका पण्डित गुरु मित्र शर्मा, बौद्धधर्म गुरु लामा टुल्कु उर्गेन शेर्पा, ईस्लाम धर्म गुरु मोहम्मद रशिद र क्रिश्चिन धार्मिक गुरु पास्चर एमानुयल एसेहरुको मन्त्रचरणको साथ कार्यक्रमको शुरुवात गरिएको थियो।

कार्यक्रममा न्युयोर्क सिटीको क्वीन्सबोरो प्रेसिडेन्ट र मेयर कार्यालयका प्रतिनिधिहरु सहाभागी थिए । कार्यक्रम नेपाली तथा अमेरिकी राष्ट्रिय गान गाएर सुरु गरिएको थियो। एस्थर डुक्लिएरले आफ्नो सुरीलो आवाजमा अमेरिकी राष्ट्रिय गान गायकी थिइन्।

उक्त अवसरमा जीपी कोइराला फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले न्यूयोर्क सिटीसँग मिलेर पहिलो पटक न्यूर्योकमा नेप्लिज हेरिटेज र भानु जयान्ती कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी ब्यक्त गर्दै उपस्थित सबै अतिथिहरुलाई स्वागत गरेका थिए ।

कर्यक्रममा प्रमुख अतिथि पूर्व सासंद, नेपाली काँग्रेस संसदीय दलका पूर्व सचेतक तथा लेखक डाक्टर शोभाकर पराजुली र उपस्थित विशेष अतिथिहरुलार्इ फाउण्डेशनकी कोशाध्यक्ष ब्रेन्दा राईले सम्मान तथा स्वागत गरेकी थिइन्।

कार्यक्रममा नेपाली काँग्रेसधादिङ जिल्ला सभापति बाबुकृष्ण सापकोटा, क्विन्सवोरोका डेमोक्रेट डिस्ट्रिक लिडर एन्थोनि एन्ड्रयुज, वरिष्ठ कानुन विद नरेश गेही, सेनेटर जन लुका चिफ अफ स्टाफ अस्कर पटेल, न्यूयोर्क सिटी मेयर अफिसका सिनियर कम्युनिटी ल्याजन रोहन नरिनको उस्थिति थियो।

आइसिसिडि इन्टरफेथका अध्यक्ष एमडी आर सलाम, वल्र्ड योगा फेडरेसनका अध्यक्ष तथा सिइओ दीलिपकुमार तानकपान गुरुजी तथा नेपाली समाजमा विशेष योगदान पुरयाएका  समाजसेवीहरु डाक्टर तारा निरौंला, डाक्टर कमल पाण्डे, डाक्टर गोविन्द कोइराला, राम खत्री , अजय छेच्छुन, नेका नेत्री द्वय गोमा सेन र राजन बिस्वकर्मा, नेका नेता बेद खरेल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टी की अध्यक्ष गीता खत्री , अन्तराष्ट्रिय नेपाली साहित्य समाज – न्यू–योर्कका अध्यक्ष राजेन्द्र श्रेष्ठ, तामागं समाज उत्तर अमेरिका – न्यूयोर्ककी अध्यक्ष गोमा योन्जन, कोरियन–अमेरिकन फ्लसिङका अध्यक्ष युन सन, युनाइटेड वि स्टेण्डका अध्यक्ष तथा युनियन नेता अरमुघन असर, न्यूयोर्क मुस्लिम सेन्टरका पूर्व अध्यक्ष सलिम सहिद, लेखीका रहमिना अक्तर, कवयत्री वेला कादिर, वरिष्ठ पत्रकार द्वोय आङ छिरिङ शेर्पा र बि के नेवा तथा विभिन्न समुदायका विशिष्ट व्यक्तिहरु र फाउण्डेशनका तर्फबाट उपाध्यक्ष सुवर्ण लामा, कोशाध्यक्ष ब्रेन्दा राई, केन्द्रीय सदस्य हरु क्रमशः प्रेम पौडेल, छिरिङ राप्के लामा, शारदा झेत्री, राम श्रेष्ठ, बिमल डागीं, बिष्णु सिहं बैंजुलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा क्विन्सबोरो प्रेसिडेन्ट मेलिन्दा काट्ज कार्यालयको कम्युनिटी एफेयर डाइरेक्टर डाक्टर महममद हकले नेपालको प्रजातन्त्र, शान्ति र विकासमा योगदान पुर्‍याएका स्व गिरिजाप्रसादको नाममा स्थापित जीपी फाउण्डेशनसँग सिटीले मिलेर नेपाली पहिचानको कार्यक्रम गर्न पाएकोमा खुसी ब्यक्त गर्दै यस किसिमका कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाली समुदायको पहिचान झल्कने विभिन्न समुदायहरुको नृत्यहरु समावेश गरेर समुदायलार्इ नृत्यबाट केही सिकौं भन्ने उद्देश्य लिएर अमेरिका भ्रमण गरेका नेपाली युवा कलाकारहरु मिलेर बनाएको सस्थां नेपाल हिपअप फाउण्डेशनका नौ जना कलाकारहरुको ज्ञान वर्धक नृत्य प्रस्तुत गरिएको थियो।

हिपअप फाउण्डेशनका संस्थापक दिपेश थापाले फाउण्डेशनका बारेमा प्रष्टाएका थिए। प्रेम पौडेल र हेमन मल्ले हिपअप फाउण्डेशन का सँस्थापक दिपेश थापालार्इ सम्मान गरेका थिए। नेवा गुठी न्यूयोर्कको प्रतिनिधि गर्दै कविना महर्जनले मन्जुश्री नृत्य प्रस्तुत गरेकी थिइन् । वरिष्ठ गायिका संगीता मुखीया, सारा पौडेल र छिरिङ डाइना शेर्पाले आ आफ्नो प्रस्तुति दिएका थिए।

बरिष्ठ लोक गायक द्वय गायक बिमल डांगी र संगीता थापाको प्रस्तुतिमा अतिथिहरु नाचेका थिए ।  बरिष्ठ वाध्यवाधक नुच्छे नारायण डंगोलको दमदार प्रस्तुति थिथो। बरिष्ठ गायक राम श्रेष्ठले आफ्नो  माईक र साउण्ड सिस्टम उपलब्ध गराएका थिए।

कार्यक्रममा क्वीन्सबोरो प्रेसिडेन्टको कार्यालयले १० जना नेपाली समुदायको व्यक्तित्वहरु मध्येबाट छानेर ३ जनालाई सम्मान गरेका थिए । पुरस्कृत हुनेहरुमा डा गोविन्द कोइराला, एभरेष्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पा र मिना कुमारी राई थिए । पुरस्कृत व्यक्तित्वहरुलाई क्वीन्सबोरो प्रेसिडेन्टको कार्यालय, मेयर कार्यालयको प्रतिनिधि र जीपी फाण्डेशनले संयुक्त रुपमा सम्मान गरेका थिए । डाक्टर गोविन्द कोइरालाले भानुभक्तका बारेमा कविता वाचन गरेका थिए।

प्रमुख अतिथि पराजुलीले क्विन्स काउन्टीकका डेमोक्र्याटिक लिडर एन्थोनि डि. एन्ड्र्युजलाई आफैले लेखेको पुस्तक Democracy and Socialism उपहार दिंदै सबै कलाकारहरुलाई पुरस्कार वितरण र सम्मान गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *