अमेरिकामा बस्ने झापालीहरूले गृहजिल्लालाई एम्बुलेन्स सहयोग गर्ने

डिसी नेपाल
१६ साउन २०७६ १०:५२

वाशिङ्टन। डिसी मेट्रो क्षेत्रमा बसोबास गरिरहेका सम्पुर्ण नेपालीहरुलाई निम्तो दिँदै झापालीहरुले आयोजना गरेको परिचय, भेटभाट तथा बनभोज कार्यक्रम भव्य, सभ्य र उपलब्धीमुलक ढंगबाट सम्पन्न भएको समाचार छ। मेरिल्याण्ड राज्यको बोईड्स सहरमा रहेको ब्ल्याक हिल रिजिनल पार्कमा सफलतापुर्वक सम्पन्न भएको यस बनभोज कार्यक्रममा करिब २०० नेपालीहरुको सहभागिता रहेको थियो।

बनभोज कार्यक्रमलाई ठोस उपलब्धीमुलक बनाउन शिक्षा, स्वास्थ्य र विकासका दृष्टिले पछी परेको झापा जिल्लामा रहेको सबैभन्दा दक्षिण-पुर्वी गाउँपालिका ‘कचनकवल’मा एउटा एम्बुलेन्स खरिद गर्ने योजनामा बल पुर्याउन करिब २ हजार १ सय डलर अनुदान उठाउने प्रतिबद्दता समेत कार्यक्रम स्थलमै लिईएको थियो भने गीत, संगीत, नृत्य, कविता, गजल, मुक्त्तक लगायतका कार्यक्रमले बनभोजलाई धेरै रोमान्चक बनाईदिएको थियो ।

त्यसैगरी समान ढंगले दत्तचित्त भएर श्रीमान/श्रीमती दुवैजना निरन्तर समाजसेवामा खटिईरहने र लागिरहनु हुने दुई झापाली जोडीहरु (प्रेम र मन्जु संग्रौला एवं खगेन्द्र र माया अधिकारी)लाई आफ्नो उत्प्रेरणा बारे मन्तब्य दिन अवसर दिईएको यस कार्यक्रममा पिके ट्याक्स एण्ड रियल्टर्सका प्रबिन खड्काले करिब १०० जना सहभागीलाई फ्रि रजिस्ट्रेशन गराई लक्की ड्र गरेर एक थान आई-प्याड उपहार स्वरुप उपलब्ध गराउनु भएको थियो।

बनभोज कार्यक्रम आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पार्दै प्रारम्भमा साहित्यकार सिता पाण्डेले झापाली समाज अमेरिकाको भर्जिनिया, मेरिलैंड र पेन्सिलभेनिया राज्य एवं डिसी मेट्रो क्षेत्रको लागि क्षेत्रीय समिति बनाउन आबश्यक भएकाले ईच्छुक साथीहरुलाई आफ्नो नाम दिनुहुन समेत जानकारी गराउनु भएको थियो।

कार्यक्रमको अन्त्यमा बनभोज कार्यक्रमको खर्च र आम्दानी सार्वजनिक गरिएको थियो भने झापाली समाज अमेरिकाको क्षेत्रीय समितिमा रही योगदान पुर्याउन १५ जनासम्म व्यक्तित्वहरुको छनौट गर्ने लक्ष्य रहेकोमा बनभोज स्थलबाट १० सदस्यीय अस्थाई समिती निर्माण गरिएको जानकारी गराईएको थियो।

बर्षमा एक पटक यस क्षेत्रमा परिचय, भेटघाट, छलफल र बनभोज कार्यक्रमको आयोजना गरी झापा जिल्लाको पछी परेका ठाउँहरुमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सकेको योगदान गर्ने गराइने उद्देश्य राखेर गठन गरिएको झापाली समाज अमेरिकाको यस उप-क्षेत्रीय समितिमा अर्जुनधाराका रमेश खनाल, बिर्तामोडबाट रमिता प्रसाईं, गौरिगन्जबाट शिव साह, गौरादहबाट गौरा रिसाल, मेचीनगरबाट सन्तोष प्रसाई, तोपगाक्षीबाट तोया पौडेल, दमकबाट दुर्गा सिटौला, जलथलबाट अर्जुन ढुंगेल, बुद्धशान्तिबाट गुरु ओली र र दमकबाट रुद्र ढुंगेल सहित १५ मध्ये १० सदस्य रहेको समितिको नाम समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो। यसरी नयाँ बनेको समितिका सदस्यहरुलाई आफ्नो योजना र प्रतिबद्दता बारे बोल्न समेत उत्प्रेरित गरिएको थियो।

पिकनिक कार्यक्रमा स्पोन्सर गर्ने मध्येबाट नेपाली रियल्टर्सका कविन्द्र सिटौलाले कविता बाचन गर्नु भएको थियो भने नेपाली डायस्पोरा ईनभेस्टमेन्ट फण्डका सुरेश अधिकारी र रमेश खनालले कम्पनीको उद्देश्य र बिजनेश परियोजनाहरु बारे जानकारी गराउनु भएको थियो। नव गठित समितीले सम्पुर्ण नेपालीहरुलाई निमन्त्रणा गर्दै 2020 मा गरिने परिचय, भेटघाट, मनोरन्जन, छलफल एवं बनभोज कार्यक्रम भर्जिनियामा गर्ने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *