चलचित्र ‘हैरान’ अब अमेरिकामा प्रर्दशन हुने
वासिङ्टन डिसी । अमेरिकामा चलचित्र हैरान रिलिज हुने भएको छ। अमेरिकामा चलचित्र हैरानको पहिलो शो आगामी अगष्ट ४ मा हुने भएको छ। त्यसपछि विभिन्न स्थानमा समय मिलाएर रिलिज गर्न आफूँले भरमग्दूर प्रयास गर्ने कार्यक्रम संयोजक रोशन पुरीले जानकारी दिएका छन्।
नेपालमा रिलिज भैसकेको चलचित्र हैरान पूर्णतया सस्सपेन्स, थ्रिलर मुुबी हो। चलचित्रमा सरोज खनाल, गजित विष्ट, बुद्धि तामाङ हैट, सागर लम्साल बले लगायतका कलाकारको अभिनय रहेको छ।
विश्व रेकर्ड राख्न सफल नेपाली बाल निर्देशक सौगात विष्टले चलचित्र हैरान अगाडि लब यु बाबा निर्देशन गरेका थिए। आठ बर्षको उमेरमा सौगात विष्टले लब यु बाबा निर्देशन गरेर गिनिजबुकमा नाम लेखाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment