अस्ट्रेलियामा सडक दुर्घटनामा परि मृत्यु भएका नेपाली विद्यार्थीको पहिचान

डिसी नेपाल
१६ साउन २०७६ १२:०३

सिड्नी । अस्ट्रेलियामा सडक दुर्घटनामा परि मृत्यु भएका दुई नेपाली विद्यार्थीको पहिचान खुलेको छ ।

दुर्घटनामा नेपाली विद्यार्थी समीक्षा सुवेदी र गोपाल भण्डारीको मृत्यु भएको अस्पतालमा उपचार गराइरहेका घाइते विद्यार्थीहरूलाई उद्धृत गर्दै क्यानबेरास्थित नेपाली दूतावासले जनाएको छ ।

सिड्नीबाट पर्यटकीय क्षेत्र स्नो माउन्टेनतर्फ जाँदै गरेको ५ जना नेपाली सवार कार कूमा नजिक मोनारो हाइवेमा दुर्घटनामा परेको थियो । कार सडकबाट करिव १ सय ६० मिटर तल खसेको थियो ।

गाडी पल्टिँदा उछिट्टिन पुगेकी समीक्षा र गाडीको अगाडिको सिटमा बसेका गोपालको घटनास्थलमै ज्यान गएको हो ।

बाँकी तीन जनाले भने आफूलाई गाडीबाट निकाल्न सफल भएका थिए । उनीहरु घाईते अवस्थामा छन् ।

बिदाको समयमा साथीहरु मिलेर हिउँ खेल्न शुक्रबार साँझ ३ वटा गाडीमा सिड्नीबाट स्नोई माउण्टेनका लागि १५ जना विद्यार्थीको टोली हिँडेका थिए ।

१५ जना साथीहरुमध्ये ५ जना दुर्घटनामा परेका थिए । अन्य १० जना क्यानबेरामै बसेका भए पनि खाना खाएर ५ जनाको टाेली भने एउटै गाडीमा स्नोई माउण्टेनका लागि राति नै हिडेको थियो ।

दुर्घटनामा परेर गम्भिर घाईते भएका दुईजना सङ्गीत देवकोटा र चालक सागर भट्टराईलाई बिहानै हेलिकप्टरमार्फत उपचारका लागि क्यानबेरा अस्पतालमा ल्याइएको थियो । उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ भने अर्का सामान्य घाइते अस्वीन कँडेललाई घटनास्थल नजिकको कुमा अस्पतालमा उपचार गराइएको छ ।

उनीहरु तीनैजना सिड्नीको विश्वविद्यालयमा अध्ययन गरिरहेको बुझिएको छ । प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेको स्थानीय समाचार संस्था एबिसी न्युजले जनाएको छ ।




प्रतिक्रिया

One thought on “अस्ट्रेलियामा सडक दुर्घटनामा परि मृत्यु भएका नेपाली विद्यार्थीको पहिचान

Leave a Reply to Stevlafe Cancel reply

Your email address will not be published. Required fields are marked *