ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

डिसी नेपाल
१६ साउन २०७६ १७:३५

वासिङ्टन (रासस/सिन्हवा) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ ।

उनीहरुबीच द्विपक्षीय व्यापार र रुसको साइबेरियाको डढेलोको विषयमा कुराकानी भएको ह्वाइट हाउसले बुधबार जानकारी दिएको छ ।

राष्ट्रपति ट्रम्पले साइबेरियामा लागेको भीषण डढेलोप्रति गहिरो चिन्ता व्यक्त गरेका थिए। साथै दुबै मुलुकबीचको व्यापारका विषयमा पनि छलफल भएको ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

दुई नेताबीच टेलिफोन वार्ता भएको बारेमा क्रेमलिनले बुधबार अबेर राति जानकारी दिएको थियो । रुसको साइबेरिया र सुदूर पूर्वीक्षेत्रमा लागेको डढेलोका कारण सङ्कटकाल घोषणा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *