आज बढ्यो सुनको मूल्य, हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्य बढेर अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार सुनको मुल्य आठ सय रुपैयाँले बढेको छ।
आज छापावाल सुन ६५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अहिलेसम्मकै महँगो मूल्य हो । यसअघि सुनको मूल्य ६५ हजार ५ सय सम्म पुगेको थियो।

बिहीबार छापावाला सुन तोलामा ६५ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार तेजाबी सुनको मूल्य तोलामा ६४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। आज सुनको भाउ बढेपनि चाँदी भने स्थिर रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment