उपनिर्वाचन मंसिर १४ गते

डिसी नेपाल
१७ साउन २०७६ २०:०७

काठमाडौं। तीन तहमा जनप्रतिनिधि रिक्त रहेका विभिन्न ५० स्थानका लागि आगामी मंसिर १४ गते शनिबार उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शंकर प्रसाद खरेलले शुक्रबार उप निर्वाचनको मिति घोषणा भएको जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिसभा, प्रदेश सभा, नगरपालिका मेयर, गाउँपालिका अध्यक्ष र विभिन्न वडा अध्यक्षको रिक्त भएको स्थानका लागि एकै पटक आगामी मंसिर १४ गते निर्वाचन हुने भएको हो ।

स्थानीय तहको उपनिर्वाचन मिति निर्वाचन आयोगसँगको परामर्शमा सरकारले तोकेको हो भने प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन मिति राजनीतिक दलहरुसँगको परामर्शमा निर्वाचन आयोगले तोकेको हो।

आयोगले बिहीबार राजनीतिक लदहरुसँग परामर्श गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *