अवैध रुपमा गिट्टी बालुवा निकाल्ने एक्साभेटरसहित चालक प्रहरीको नियन्त्रणमा
धादिङ । धादिङमा अवैध रुपमा खोलामा हालेको एक्साभेटरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धादिङ्गको गजुरी गाउँपालिका ६ अन्र्तगत पर्ने दरिङगाल खोलाबाट एक्साभेटर मेसिन खोलामा हाली अवैध रुपमा गिट्टी वालुवा निकाल्ने कार्य भई रहेको छ भन्ने सुचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।
शुक्रबार करिब ३ बजे धादिङ्गको गजुरी गाउँपालिका ६ सेरा स्थित दरिङगाल खोलामा एक्साभेटर मेसिन खोलामा हाली बालुवा निकाल्दै गरेको अवस्थामा चालक (अपरेटर) २७ वर्षीय निरन्जन अधिकारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि गाउपालिकाको कार्यालय गजुरी धादिङ्गमा पठाईएको प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment