चोरीको गरगहना, नगदसहित १ जना धादिङबाट पक्राउ
सांकेतिक तस्बिर
धादिङ । चोरीको गरगहना, नगदसहित १ जना धादिङबाट पक्राउ परेका छन्।
धादिङ्गको गल्छी गाउँपालिका ६ वैरेनी महेश दोभान वस्ने विन्दा श्रेष्ठ भन्ने हरीमाया श्रेष्ठको घरमा अपरिचित व्यक्तीहरले कोठाभित्र प्रवेश गरीे दराज फुटाई दराजभित्र रहेको सुन चाँदीको गरगहना र नगद एक लाखसहित पक्राउ परेका छन्।
प्रहरी चौकी वैरेनीवाट खटिएको प्रहरी टोलीले चोरी गर्ने कार्यमा संलग्न मोरङ्ग उर्लाबारी नगरपालिका ९ वस्ने वर्ष २३ को दिपेन्द्र खड्कालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनले चोरी गरी ललितपुर जिल्ला, गोदावरी नगरपालिका १४ लोखेटोलमा लुकाई राखेको अवस्थामा चोरी भएको सुनचाँदीको गरगहना सुनको इन्डियन मंगल सुत्र, रातो पत्थर भएको औँठी, कानको झुम्का १ जोरसमेत ३ तोला वरावरको सुनको, चाँदीको पाउजु १ जोर, बाला, सिक्री समेत ५ तोला बराबरको चाँहीको गरगहना, चोरी भएको मध्ये ३६ हजार ५ सय नगद र हात्तीको पुच्छर जस्तो देखिने चाँदी भएको बालासहित पक्राउ परेको प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment