दोलखामा पहिरो खस्यो, १० घर भत्किए

डिसी नेपाल
१८ साउन २०७६ १०:३४

काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरो खसेर १० घर भत्किएका छन् । उक्त पहिरोमा परी एक जना बेपत्ता भएका छन् । पहिरोमा परी निशान खड्का र जगतबहादुर खत्री बेपत्ता भएका हुन् । हिजो शुक्रबार राति साढे ११ बजेतिर गौरीशंकर गाउँपालिका–१ जुगुमा रहेको झगडे गाउँमा पहिरो खसेर १० वटा घर भत्किएका छन् ।

पहिरोले भत्किएका १० घर मध्य एउटामा मात्र सामान्य छ भने अन्य ९ वटा घर बस्नै नमिल्ने गरी भत्किएका छन् । पहिरोमा परी निशान खड्का र जगतबहादुर खत्री बेपत्ता भएको इलाका प्रहरी कार्यालय मैनापोखरीले जनाएको छ ।

यस विषयमा पूर्ण विवरण आइसकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *