कमल थापाको कडा टिप्पणीः विदेशीको पैसाले चुनाव लडेका नेताले देशको स्वाभिमान बचाउन सक्दैनन्

डिसी नेपाल
१८ साउन २०७६ २०:०९

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा देखिएको समस्या समाधान गर्नका लागि नेतृत्व नभई व्यवस्था नै परिर्वतन गर्नुपर्ने बताएका छन्।

पार्टीको विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई शनिबार सम्बोधन गर्दे अध्यक्ष थापाले सरकारको नेतृत्व मात्रै परिर्वतन गरेर समस्याको समाधान नहुने बताएका हुन्। प्रमुख दलहरुले मुलुकलाई तेह्र बषदेखि गलत बाटोमा हिँडाइरहेको भन्दै उनले ‘बाटो नै गलत भएकाले ड्राइभर परिर्वतन’ गरेर मात्रै गन्तव्यमा पुग्न नसकिने तर्क गरे ।

विदेशीको पैसाले चुनाब लडेका प्रमुख दलका नेताहरुले स्वाभिमानपुर्वक काम गर्न नसकेको आरोप उनले लगाए । उनले भने, “आफुलाई प्रमुख भन्ने ठूला पार्टीहरु आन्दोलन गर्दा, चुनाव लड्दा विदेशीको पैसा लिन्छन् । जसले विदेशीको पैसा लिन्छ त्यसले स्वाभिमान पूर्वक काम गर्न सक्दैन । जुन बाटोमा कांग्रेस र कम्युनिष्टले तेह्र बर्षदेखि मुलुकलाई हिँडाइराखेका छन्, त्यो बाटो गलत छ भनेर त्यसको विकल्पमा फरक विचार बोकेर खडा भएको पार्टी । हामी कांग्रेस र कम्युनिस्टका भाई पार्टी होइनौँ । अहिले देशको समस्या केपी ओलीलाई हटाएर प्रचण्ड वा शेर बहादुर ल्याएर यो देशको समस्याको समाधान हँुदैन । जबसम्म बाटो परिर्वतन हुदैन तबसम्म ड्राईभर मात्रै फेरेर गन्तव्यमा पूगन सकिँदैन । बाटो नै फरक छ भने ड्राइभर फेर्ने होइन बाटो नै फेर्नुपर्छ ।”

अध्यक्ष थापाले राष्ट्र निर्माणको बैकल्पिक विचार र मार्गचित्र राप्रपासंग रहेको उल्लेख गर्दे धर्म, संस्कृति, परम्परा र इतिहासको रक्षा गर्दै सम्बद्र्धनवादको सिद्धान्त अनुसार देशको विकास गर्न सकिने बताए । उनले सर्वत्र मौलाउँदै गइरहेको भ्रष्टाचार, नातावाद र कृपावादको प्रतिकारका लागि संगठन सुदृढ बनाउँदै तयारी अवस्थामा रहन विद्यार्थी संगठनलाई निर्देशन दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *